ठूलो संख्यामा कर्मचारी भर्ना खोल्ने लोकसेवा आयोगको तयारी



काठमाडौं । लोक सेवा आयोगले उपसचिव र सहसचिवको भर्ना खोल्ने तयारी गरेको छ । दुई वर्षदेखि अवरुद्ध हुँदै आएको कर्मचारी भर्ना प्रक्रियालाई खुलाउँदै आयोगले बुधबार विज्ञापन गर्न लागेको हो ।

आयोग स्रोतका अनुसार विभिन्न सेवा समूहअन्तर्गत झण्डै एक सय सहसचिव र तीन सय उपसचिवको भर्ना खोल्न लागेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार विभिन्न मन्त्रालय तथा निकायका करीब ७ हजार कर्मचारीको दरबन्दी रिक्त छ ।

जसमध्ये १ सय ६३ सहसचिव, ३ सय उपसचिव, ६ सयको संख्यामा शाखा अधिकृत र ६ हजारको हाराहारीमा नायब सुब्बा र खरिदार छन् । मंगलबारसम्म सबै संख्याको टुंगो लगाउन सके बुधबार विज्ञापन गर्ने तयारी गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आवेदकको तथ्याङ्क हराएकाले लोकसेवा आयोगद्वारा पुनः दरखास्त आह्वान

काठमाडौं । लोक सेवा आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रको सर्भरमा देखिएको समस्याका कारण

लोकसेवा आयोगले आवेदकको तथ्याङ्क हराएकाले पुनः दरखास्त आह्वानको प्रक्रिया शुरु गर्ने

काठमाडौं । लोक सेवा आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रको सर्भरमा देखिएको समस्याका कारण

लोकसेवाका रोकिएका सबै विज्ञापन खुला गर्न सर्वोच्चको परमादेश

काठमाडौं । सर्वोच्च अदालतले लोकसेवा आयोगसहित विभिन्न निकायको सम्पूर्ण विज्ञापन तत्काल खोल्न आदेश

शाखा अधिकृत पदको परीक्षा स्थगित

काठमाडौं । यही माघ २८ गते सञ्चालन हुने गरी तोकिएको राजपत्राङ्कित तृतीय श्रेणी,