-डा. प्रकाशचन्द्र लोहनी
जसलाई म चिन्छु
ति सबै मलाई देखेर हाँस्छन्
भन्छन् यो महान मुर्ख हो
कुरै बुझ्दैन, समय बुझ्दैन,
अरूको कुरो सुन्दैन
ताल–हाल केही जान्दैन
हो ! म महान मुर्ख हो
भन अब तिमीलाई कसरी विद्वान बनाउँ
मलाई मुर्ख नै हुन देउ
झन् ठुलो मुर्ख हुनेछु
तिमी कुरो बुझने मान्छे
आकाश–पाताल भ्याउने मान्छे
मेरो नजिक नआउँ
मुर्ख हुने तिम्रो इच्छा छ भने
तिमी आफैं प्रयास गर
त्यति सजिलो छैन

प्रतिक्रिया