रमा–कृष्ण साहित्य सम्मान समालोचक चुडामणि बन्धुलाई



काठमाडौँ । रमा–कृष्ण सृजना प्रतिष्ठानले २०८० सालको कवि भवानी घिमिरे स्मृति रमा–कृष्ण साहित्य सम्मान समालोचक चुडामणि बन्धुलाई प्रदान गर्ने भएको छ ।

यही चैत २३ गते काठमाडौँमा एक कार्यक्रम आयोजना गरी साहित्यकार एवं समालोचक बन्धुलाई उक्त सम्मान प्रदान गरिने प्रतिष्ठानका महासचिव यादव भट्टराईले बताए ।

सोही समारोहमा वीरझागल गुरुङ स्मृति रमा–कृष्ण जनजाति उन्नयन पुरस्कार सङ्गीतकार बुलु मुकारुङलाई र डा. हर्क गुरुङ स्मृति रमा–कृष्ण विज्ञानप्रविधि पुरस्कार मनिषराज पाण्डेलाई प्रदान गरिने छ ।

यसैगरी, प्रतिष्ठानले २०८१ सालको कवि भवानी घिमिरे स्मृति रमा–कृष्ण साहित्य सम्मान साहित्यकार अभि सुवेदीलाई, वीरझागल गुरुङ स्मृति रमा–कृष्ण जनजाति उन्नयन पुरस्कार राजकुमार श्रेष्ठलाई र डा. हर्क गुरुङ स्मृति रमा–कृष्ण विज्ञानप्रविधि पुरस्कार इन्द्रप्रसाद सुवेदीलाई प्रदान गरिने जानकारी उनले दिए । प्रतिष्ठानको हालैको बैठकले उक्त निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार सरुभक्तलाई

तनहुँ । यस वर्षको ‘क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार’ साहित्यकार सरुभक्तलाई प्रदान गरिने भएको

देश र संसार बुझ्न कविता प्रभावशाली माध्यम हो: पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समाज विकासमा भाषा, कला र साहित्यको भूमिका महत्त्वपूर्ण

कुलमान खेद्ने खाडल अझै गहिरो बनाए हुन्छ….

के-के खानुछ कसकसलाई , खाए हुन्छ भारतले सरकार अहिले नपर्ने रैछ ! टडकमा

साहित्यकार सुवेदीका चार कृति लोकार्पण

काठमाडौँ । वरिष्ठ साहित्यकार होमनाथ सुवेदीले सिर्जना र सम्पादन गरेका चारवटा कृति लोकार्पण