देश र संसार बुझ्न कविता प्रभावशाली माध्यम हो: पूर्वराष्ट्रपति भण्डारी



काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समाज विकासमा भाषा, कला र साहित्यको भूमिका महत्त्वपूर्ण रहेको चर्चा गर्दै यसको संरक्षण एवं प्रवर्द्धनका ध्यान दिनुपर्ने बताएकी छन् ।

मदन भण्डारी फाउण्डेशनद्वारा शनिबार आयोजित कवि तीर्थ श्रेष्ठको एकल कविता वाचन कार्यक्रममा उनले कविताले समाजको यर्थाथ चित्रण गर्ने बताइन् ।

कवि श्रेष्ठको ‘श्वेत शार्दूल एक यात्रा कविताको शिविर’ कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले आफू पहिलो पटक एकल कविता वाचन कार्यक्रममा सहभागी हुन पाएको अनुभव व्यक्त गर्दै यस्ता कार्यक्रमको निरन्तरताका लागि आयोजकको ध्यानाकर्षण गराइन् ।

“समाजलाई यर्थाथ कुरा जानकार गराउने विभिन्न माध्यम हुन्छन्, कविता एउटा यस्तो प्रभावशाली माध्यम हो, जसबाट एकैछिनमा देश र संसारलाई बुझ्ने अवसर प्राप्त हुन्छ”, उनले भनिन्, “धेरै आयोजक हुनुहुन्छ, जिल्लादेखि केन्द्र र अन्तर्राष्ट्रिय क्षेत्रमा यस्ता कार्यक्रम गर्न सबैले आआफ्नो तर्फबाट प्रयासलाई निरन्तरता दिनुपर्छ ।”

कवि श्रेष्ठले नेपाली जनजीवनमा गर्न सक्ने काम आफूले लेखनमार्फत गर्ने प्रतिबद्धता व्यक्त गरिन् । फाउण्डेशनका अध्यक्ष उषा किरण भण्डारीले कवि श्रेष्ठको साहित्य रचनाले नेपाली साहित्य र भाषा अध्ययनमा सहयोगी हुने बताइन् ।

उनले राष्ट्रियताको सोच र चिन्तनलाई भावी पुस्तासम्म हस्तान्तरण गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आरजु भन्छिन्-नेपाललाई बद्नाम गराउने किसिमका भ्रामक किसिमका प्रचारप्रसार बढी भए

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले देशमा केही पनि परिवर्तन भएको छैन

रास्वपाले तोक्यो सातै प्रदेशमा इन्चार्ज, महाधिवेशन आगामी फागुनमा हुने

काठमाडौं । पार्टी सभापति रवि लामिछाने सहकारी ठगीमा पुर्पक्षका लागि थुनामा गएपछि राष्ट्रिय

सरकारविरुद्धको आन्दोलनलाई राप्रपाले सशक्त बनाउने, वैशाख ७ गते निषेधित क्षेत्रमा प्रदर्शन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पक्राउ परेका आफ्ना नेताको रिहाइका लागि सशक्त आन्दोलन

द्वन्द्वकालमा भएका जघन्य अपराधलाई माफी दिन सकिँदैनः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायलाई अन्तिम टुङ्गोमा पुर्याउँदा द्वन्द्वकालमा भएका