साहित्यकार सुवेदीका चार कृति लोकार्पण



काठमाडौँ । वरिष्ठ साहित्यकार होमनाथ सुवेदीले सिर्जना र सम्पादन गरेका चारवटा कृति लोकार्पण गरिएका छन् ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरद्वारा शनिबार आयोजित कार्यक्रममा ‘नन्दिनी शोक महाकाव्य’, ‘नन्दादेवी स्मृतिग्रन्थ’, ‘नन्दा शोक खण्डकाव्य’ र ‘सेती गजल खण्डकाव्य’ विमोचन गरिएका हुन् ।

त्यस अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले श्रष्टा सुवेदीलाई ‘नेपाली डायस्पोरा स्वर्ण तारा सम्मान’ प्रदान गरे । कार्यक्रममा सुवेदीद्वारा रचित ‘नन्दा शोक खण्डकाव्य र सेती गजल खण्डकाव्य समेटिएका श्रव्य सामग्रीसमेत विमोचन गरियो । वरिष्ठ साहित्यकार सुवेदी अनेसासका संस्थापक अध्यक्ष हु्न् ।
कार्यक्रममा कुलपति राईले साहित्यकार सुवेदीका रचनाले नेपाली भाषा र वाङ्मयलाई अन्तराष्ट्रियजगत्मा पुर्याउन योगदान गरेको धारणा राखे ।

उनले साहित्यको अध्ययन र लेखनले शोकलाई सिर्जनामा रूपान्तरण गर्न सकिन्छ भन्ने सुवेदीका कृतिबाट उदाहरण प्रस्तुत भएको बताए ।

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक जवलाल सापकोटाले अन्तरराष्ट्रियस्तरमा नेपाली वाङ्मयलाई विकास गर्दै नेपाली भाषाको श्रीवृद्धिमा पुर्याएको योगदान महत्वपूण रहेको र उहाँ ‘साहित्यिक दोभान’ भएको टिप्पणी गरे ।

कार्यक्रमका अन्य वक्ताहरूले विशाल भावना बोकेको सङ्क्षिप्त साहित्यिक विधा कवितालाई साधना र शब्दको खेलका रूपमा चित्रित गरे । उनीहरूले सुवेदीका कृतिमा आख्यानभन्दा अनुभूति प्रधान रहेको टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
देश र संसार बुझ्न कविता प्रभावशाली माध्यम हो: पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समाज विकासमा भाषा, कला र साहित्यको भूमिका महत्त्वपूर्ण

कुलमान खेद्ने खाडल अझै गहिरो बनाए हुन्छ….

के-के खानुछ कसकसलाई , खाए हुन्छ भारतले सरकार अहिले नपर्ने रैछ ! टडकमा

साहित्यकार लीलबहादुर क्षेत्रीको ९३ वर्षमा निधन

काठमाडौं । साहित्यकार लीलबहादुर क्षेत्रीको ९३  वर्षको उमेरमा निधन भएको छ । भारतको

यस वर्षको रुद्रराज साहित्य पुरस्कार गार्गी शर्मालाई

काठमाडौं । रुद्रराज साहित्य सेवा समितिले यस वर्षको ‘रुद्रराज साहित्य पुरस्कार’ डा गार्गी