सन्दीप बोहोराको कवितासङ्ग्रह ‘अपरावर्ती’



काठमाडौँ । लेखक तथा कवि सन्दीप बोहोरा क्षेत्रीको कवितासङ्ग्रह ‘अपरावर्ती’ सार्वजनिक गरिएको छ ।

वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसर पारेर ‘देव डी प्रोडक्सन’ले सोमबार कवितासङ्ग्रह बजारमा ल्याएको हो ।

सङ्ग्रहमा ८७ कविता रहेका क्षेत्रीले जानकारी दिए । उनले समाजमा देखेका विषय र आफ्ना भोगाइलाई समेटेर कविता सङ्ग्रह तयार गरेको बताए ।

विसं २०७२ देखि नै कविता लेख्ने गरेता पनि पाँच वर्षयता लेखेका कवितालाई समेटेर पहिलो सङ्ग्रह प्रकाशन गरिएको क्षेत्रीले जानकारी दिए ।

काम पूरा गर्ने वा हार नमान्ने अर्थ लाग्ने ‘अपरावर्ती’मा आफ्नो जीवनको भोगाइ रहेको कवि क्षेत्रीले बताए । “यो एउटा सङ्घर्षरत व्यक्तिको भोगाइलाई कवितामार्फत व्यक्त गरिएको भावना हो । जसले जीवनमा हार नमानेर आफ्नो सपना साकार गर्न सङ्घर्ष गरिरहेका छन्”, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रमा–कृष्ण साहित्य सम्मान समालोचक चुडामणि बन्धुलाई

काठमाडौँ । रमा–कृष्ण सृजना प्रतिष्ठानले २०८० सालको कवि भवानी घिमिरे स्मृति रमा–कृष्ण साहित्य

क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार सरुभक्तलाई

तनहुँ । यस वर्षको ‘क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार’ साहित्यकार सरुभक्तलाई प्रदान गरिने भएको

देश र संसार बुझ्न कविता प्रभावशाली माध्यम हो: पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समाज विकासमा भाषा, कला र साहित्यको भूमिका महत्त्वपूर्ण

कुलमान खेद्ने खाडल अझै गहिरो बनाए हुन्छ….

के-के खानुछ कसकसलाई , खाए हुन्छ भारतले सरकार अहिले नपर्ने रैछ ! टडकमा