काठमाडौँमा रुसी कविता वाचन



 

काठमाडौँ ।  रुसका प्रसिद्ध कविहरूका नेपालीमा अनुदूति करिब एक दर्जन कविताको शनिबार काठमाडौँमा वाचन गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय साहित्य, कला तथा संस्कृति विभागद्वारा आयोजित कार्यक्रममा नेपाली र रुसी दुवै भाषा–साहित्यमा सक्रिय स्रष्टाहरू डा जङ्गल चौहान र जुगल भुर्तेलले ती कविताको प्रस्तुति गरेका हुन् । उनीहरुले कतिपय कविता रुसी भाषामै वाचन गरेका थिए ।

कार्यक्रममा रुसी साहित्यकार अलेक्सान्द्र सेर्गेएभिच पुस्किन, र्माेन्तोभ, येशेनिन, पास्तरनाक, युघोर अलिसे, अनाकोइ लुनाकोब, भिक्टर जे, दुमौती बैजब, अनास्त्रा श्रेयगाभे, कातिरिना कोच्लुबालगायतका कविता अनुवादसहित प्रस्तुत गरेका थिए । देशभक्ति, क्रान्ति, प्रेम, वियोग, जीवन चिन्तनलगायत विधामा विषयविम्ब र प्रतीकात्मक रूपमा कविता प्रस्तुत गरिएको थियो ।

विभागका प्रमुख रघुजी पन्तले रुसमा निरङ्कुशता अन्त्यका लागि साहित्यकारहरूले वैचारिक योगदान दिएको र क्रान्तिले धेरै कवि जन्माएको सन्दर्भ उल्लेख गर्दै नेपाली साहित्यले त्यसबाट प्रेरणा लिन सक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘कोशी एक्सिलेन्स अवार्ड’ साहित्यकार झमक घिमिरेलाई अर्पण

विराटनगर ।  वरिष्ठ साहित्यकार झमक घिमिरेलाई ‘कोशी एक्सिलेन्स अवार्ड २०८१’ अर्पण गरिएको छ

साहित्य र पर्यटनलाई जोड्दै नेपाल साहित्यिक महोत्सव

पोखरा। पछिल्लो समय पोखरा महोत्सवमय बनिरहेको छ । एकपछि अर्को ‘महोत्सव’ले चलायमान बनिरहेको

पत्रकार सुजीत झाले खुसी

जनकपुरधाम । पत्रकार सुजीतकुमार झाद्वारा लिखित ‘खुसी’ पुस्तकको एक समारोहकाबीच जनकपुरधाममा लोकार्पण गरिएको

पूर्वप्रधानमन्त्री चन्दको आत्मकथा ‘लोकेन्द्रबहादुर चन्द’ को आवरण सार्वजनिक

भक्तपुर । पूर्वप्रधानमन्त्री एवं साहित्यकार लोकेन्द्रबहादुर चन्दको आत्मकथा ‘लोकेन्द्रबहादुर चन्द’ प्रकाशित हुने भएको