‘अन्हार घरमे डिबिआ’ लिएर आए पत्रकार सुजीतकुमार झा



जनकपुरधाम । ‘अन्हार घरमे डिबिआ’ शब्द–चित्रको लोकार्पण गरिएको छ । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले पुस्तक लोकर्पण गरे । पुस्तक लोकार्पण गर्दै उनले भने,‘पठन संस्कृतिको विकासका लागि निरन्तर लेखन र पुस्तक प्रकाशन आवश्यक रहेको छ ।’

उनले पुस्तक प्रकाशनमा सहयोगका लागि प्रदेश सरकार र स्थानीय सरकारले नयाँ निति ल्याउनुपर्ने समेत बताए । पत्रकार झाको ‘अन्हार घरमे डिबिआ’ १६ औ कृति हो । यसअघि मैथिली भाषामा उनको चिड़ै कथा संग्रह, रिपोर्टर डायरी, जिद्दी कथा संग्रह, गन्ध कथा संग्रह, कोइली घूरि आउ बालकथा संग्रह, खजुरीबाली कथा संग्रह, बुलबुल कथा संग्रह, तितलीसंग दोस लगाएब बालकथा संग्रह, सीताराम विवाहपर अनुसन्धान एवं विश्लेषण पुस्तक ‘पुनि पुनि होत विवाह’ प्रकाशित भइसकेका छन् । ६ वटा अनुवाद पुस्तक पनि उनका प्रकाशित छन् ।  नेपालीबाट मैथिलीमा ती पुस्तकहरु प्रकाशित गरेका छन् ।

समारोहमा जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले लेखनकाज धेरै कठिन कार्य रहेको छ यसका लागि राज्यले विशेष व्यवस्था गर्नुपर्ने आवश्यकता माथि जोड दिए ।

मैथिलीका वरिष्ठ साहित्यकार डा. रेवतीरमण लालले साहित्यको सबै क्षेत्रमा लेखन कार्यलाई बढाउनु पर्ने भन्दै सुजीतको लेखनको यही विशेषता रहेको छ उहाँले कथा कविता मात्रै होइन विविध क्षेत्रमा लेखन गर्ने बताए ।

एउटा अर्को प्रसंगमा उनले प्रकाशनको समस्याका कारण धेरै लेखकको यात्रा बाटैमा हराउने गरेको बताए । तमलोपका राष्ट्रिय अध्यक्ष वृषेशचन्द्र लालले मैथिलीमा प्रकाशनको समस्या भन्दा पठन समस्या बढिरहेकोले पठन तर्फ अभियान चलाउनुपर्ने आवश्यकतामाथि जोड दिए ।

वरिष्ठ चिकित्सक एवं तमलोपाका वरिष्ठ नेता डा. विजय कुमार सिंहले ‘अन्हार घरमे डिबिआ’ पुस्तकको विशेषता भनेको नकारात्मकतावाट सकारात्मकतामा ल्याउनु रहेको बताए ।

राष्ट्रिय मुक्ति क्रान्तिका नेता राजिव झाले लेखनकार्य एउटा तपस्या जस्तो रहेकाले सबैकार्य छोडी यसमै लाग्दा मात्रै ठूलो लेखक बन्ने गरेको बताए । साहित्यकार एवं समालोचक रोशन जनकपुरीले सुजीतको विकास यात्राको शुरुदेखिकै साक्षी आफू रहेको बताउँदै भन्नुभयो शुरुमै पुस्तक पढने उनको बानी पूभावित गरेको थियो भने अहिले निरन्तर लेखन र साहित्यको विभिन्न विद्यामा लेखन प्रभावित गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘कोशी एक्सिलेन्स अवार्ड’ साहित्यकार झमक घिमिरेलाई अर्पण

विराटनगर ।  वरिष्ठ साहित्यकार झमक घिमिरेलाई ‘कोशी एक्सिलेन्स अवार्ड २०८१’ अर्पण गरिएको छ

साहित्य र पर्यटनलाई जोड्दै नेपाल साहित्यिक महोत्सव

पोखरा। पछिल्लो समय पोखरा महोत्सवमय बनिरहेको छ । एकपछि अर्को ‘महोत्सव’ले चलायमान बनिरहेको

पत्रकार सुजीत झाले खुसी

जनकपुरधाम । पत्रकार सुजीतकुमार झाद्वारा लिखित ‘खुसी’ पुस्तकको एक समारोहकाबीच जनकपुरधाममा लोकार्पण गरिएको

पूर्वप्रधानमन्त्री चन्दको आत्मकथा ‘लोकेन्द्रबहादुर चन्द’ को आवरण सार्वजनिक

भक्तपुर । पूर्वप्रधानमन्त्री एवं साहित्यकार लोकेन्द्रबहादुर चन्दको आत्मकथा ‘लोकेन्द्रबहादुर चन्द’ प्रकाशित हुने भएको