गाउँले परिवेशमा आधारित उपन्यास ‘ठाँटीको घाम’



खोटाङ ।  वरिष्ठ साहित्यकार टङ्क भट्टराईद्वारा लिखित ‘ठाँटीको घाम’ उपन्यासको विषयवस्तुमाथि दिक्तेलमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।  गत असोज–२८ गते ताप्लेजुङमा विमोचन गरिएको  उपन्यासमा दुई सय ४५ पेजमा ५३ फरकफरक विषयवस्तु समेटिएका छन् ।

उपन्यासभित्र ‘रमितेखोलो, गोठाला, झाँक्री पहरो, अधुरो, सिक्किमे पिरती, बजूका कथा, धामीको भर, शिक्षाको झिल्को, अँध्यारो बाटो, लाहुरतिर, चिठीचपेटो, ठाँटी चौतारो, बाँसमा खोपेको मायाँ’ लगायतका खण्डभित्र आफ्नै गाउँठाउँको सामाजिक परिवेशलाई यथार्थ रुपमा चित्रण गरेका छन् ।

उपन्यासमा गाउँघरको विषयवस्तु र पात्रलाई फूलको मालासरी उनेको पाइएको खोटाङका वरिष्ठ पत्रकार कृष्ण आचार्यले समीक्षा गरेका छन् । सोलुसन ग्राफिक डिजाइन, बागबजार काठमाडौँबाट मुद्रित पुस्तक ‘ठाँटीको घाम’ को प्रकाशन रत्न पुस्तक भण्डार, काठमाडौँले गरेको हो ।

राष्ट्रिय वाङ्मय कला प्रतिष्ठान खोटाङका अध्यक्ष विष्णु आभूषणको अध्यक्षतामा भएको कार्यक्रमको नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्राध्यापक डा धनप्रसाद सुवेदीलाई प्रमुख आतिथि थिए ।

कार्यक्रममा कृति विषयमा प्राडा सुवेदी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराई, निमित्त प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाह, साहित्यिक श्रष्टा टंक थापा, राजनीतिकर्मी प्रकाश श्रेष्ठ, शिक्षक धनीराम राई, नेपाल पत्रकार महासङ्घ खोटाङका अध्यक्ष दिलीप खत्री लगायतले समीक्षा गरेका थिए ।

जनताका सेवासँगै आफ्नो लेखन यात्रालाई निरन्तरता दिइरहेका लेखक तथा साहित्यकार भट्टराईका यसअघि ‘साँझमा पहिलो तारा’–२०६७७ कविता सङ्ग्रह र ‘म पनि बग्दैछु साप्सु’–२०७३७ कथा सङ्ग्रह प्रकाशित छन् ।

अन्तरक्रिया कार्यक्रममा उपस्थित जिल्ला तथा राष्ट्रियस्तरका श्रष्टाले आआफ्नो सृजना वाचन गरेका थिए । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले स्थायी घर भएका साहित्यकार भट्टराई हाल ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वसुन्धराश्री र मानश्री पुरस्कार डा. थापा र शाहलाई अर्पण

  काठमाडौँ । विसं २०८१ को वसुन्धराश्री र मानश्री  पुरस्कार वरिष्ठ कूटनीतिज्ञद्वय डा

पौडेल र मालीलाई ‘स्रष्टा चैत्र ३०’ सम्मान

  काठमाडौँ  । लोकतान्त्रिक जनआन्दोलनमा साहित्यिक क्षेत्रको योगदानलाई स्मरण गर्दै ‘स्रष्टा चैत्र ३०’

कथाः ब्रेकअप

अन्जु शर्मा । लोकसेवा पास भएर म पहिलो नियुक्ति पत्र बोकेर देशको सुदूरपूर्वी

‘बौहिनिया’ लिएर आए साहित्यकार पोखरेल

काठमाडौं । गुणराज पोखरेल नाटककारको परिचय लिएर साहित्य आकाशमा उदाएका छन् । साहित्य