लघुकथा : मौन संकेत
प्रभादेवी पौडेल।
भरतलले एक दिन के झोक चलेछ कुन्नि अफिसबाट आउने बित्तिकै पत्नि साबित्रीलाई भने ,-” बुढी तिम्रो बिहेमा दाइजो आएको खाट निक्कै पुरानो डिजाइनको भयो आजै गएरअर्को अर्डर गरौं । ” उनले निन्याऊरो मुख लगाउदै भनिन् , – ” बुढा , काठ त अग्राखै परेछ अझै टिक्छ बिसौं बर्ष छोरो भर्खर त कमाउन लागेको छ धेरै फुर्के हुने होइन है ।” जमाना कहाँबाट कहाँ पुगिसक्यो मैले ठुलो रहर पनि गरेको छैन जाबो एउटा पलङ न हो , हेर अहिले सम्म कमाएको यिनै छोरा छोरी भन्दा सकियो। ” -“तर मिल्काईहाल्न पनि माया लाग्छ बुढा माईतीको चिनो । ”
-” मिल्काउने कहाँ भनेको छू र पाहुना कोठामा राखौला नी। ”
दुबैको सहमतिमा उनीहरु बजार गए । फर्निचरमा गएर भरतले आफुलाई मन परेको बक्स पलङ एक हप्ता भित्र होम डेलिभरी गर्ने गरेर अर्डर गरे।
सामान आउने दिन बिहानै कोठा खाली गरेर उनिहरु काम बिशेषले बाहिर निस्केका थिए। छोरो घरमै भएको कारण उनीहरु ढुक्क थिए ।
बहिरी काम सकेर उनीहरु निक्कै उत्साहित भई साॅझमा घर पुगे । तर पाहुना कोठामा आफ्नो खाट हटाएर छोराको लो बेड सरेको थियो। भरतले निक्कै भाबुक भएर साबित्रीलाई भने ,- “बुढी अब त हाम्रो छोरो पनि थाहै नपाई निक्कै ठुलो भएछ हगि ? “