‘जियारा’ लाई कर्णाली साहित्य समाज कृति पुरस्कार



कर्णाली । कर्णाली साहित्य समाजले वर्ष २०७७ को कर्णाली साहित्य समाज कृति पुरस्कार नयनराज पाण्डेको कृति जियारालाई प्रदान गर्ने भएको छ । ५० हजार रुपैयाँ राशिको उक्त पुरस्कार २०७७ सालभित्र प्रकाशित कृतिमध्येबाट छनोट गरेर जियारालाई दिने निर्णय गरिएको संस्थाका संस्थापक संरक्षक महेशविक्रम शाहले जानकारी दिए ।

उक्त पुस्तकमा तराई र मधेसका समाजमा विद्यमान पारम्परिक कुप्रथा, रूढिवादी संस्कार र अन्धविश्वासमाथि निर्मम प्रहार गर्दै आमनागरिकका दुःख, पीडा र भोगाइलाई समेटिएको छ । कर्णाली साहित्य समाज साधना सम्मान प्रा डा राजाराम सुवेदीलाई प्रदान गरिने छ । संस्थाले स्थापना गरेको २५ हजार राशिको पुरस्कार नृत्य निर्देशक कुलमान नेपालीलाई प्रदान गरिने जनाइएको छ ।

संस्थाका अध्यक्ष खगेन्द्र अधिकारी ‘अमृत’ ले भने, “यहाँको साहित्य कला तथा यहाँको पहिचानलाई संरक्षण गर्नको लागि लागिपरेका छौँ ।” आगामी चैतमा संस्थाको स्थापना दिवसको अवसर पारेर उक्त सम्मान तथा पुरस्कार प्रदान गरिने संस्थाका उपाध्यक्ष देवकी तिमिल्सिना ‘समीक्षा’ ले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘कोशी एक्सिलेन्स अवार्ड’ साहित्यकार झमक घिमिरेलाई अर्पण

विराटनगर ।  वरिष्ठ साहित्यकार झमक घिमिरेलाई ‘कोशी एक्सिलेन्स अवार्ड २०८१’ अर्पण गरिएको छ

साहित्य र पर्यटनलाई जोड्दै नेपाल साहित्यिक महोत्सव

पोखरा। पछिल्लो समय पोखरा महोत्सवमय बनिरहेको छ । एकपछि अर्को ‘महोत्सव’ले चलायमान बनिरहेको

पत्रकार सुजीत झाले खुसी

जनकपुरधाम । पत्रकार सुजीतकुमार झाद्वारा लिखित ‘खुसी’ पुस्तकको एक समारोहकाबीच जनकपुरधाममा लोकार्पण गरिएको

पूर्वप्रधानमन्त्री चन्दको आत्मकथा ‘लोकेन्द्रबहादुर चन्द’ को आवरण सार्वजनिक

भक्तपुर । पूर्वप्रधानमन्त्री एवं साहित्यकार लोकेन्द्रबहादुर चन्दको आत्मकथा ‘लोकेन्द्रबहादुर चन्द’ प्रकाशित हुने भएको