सञ्चारकर्मी झाको पुस्तक ‘पूनी पूनी होत विवाह’ को लोकार्पण



जनकपुरधाम । पत्रकार सुजीतकुमार झाद्वारा मैथिली भाषामा लिखित अनुसन्धानमूलक पुस्तक ‘पुनि पुनि होत विवाह’ सार्वजनिक भएको छ । सोमबार जनकपुरधाममा आयोजित एक समारोहका बीच उक्त कृति सार्वजनिक गरिएको हो ।

रामजानकी विवाह सम्बन्धमा लेखिएको पुस्तकको प्रकाशन मधेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले गरेको हो । पुस्तकको लोकार्पण मधेश सरकारका भौतिक पूर्वाधार मन्त्री रामसरोज यादव र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री शत्रुधन महतोले संयुक्त रुपमा गरेका थिए ।

पुस्तकलाई मधेश प्रदेश भित्र रहेका प्रदेश नगरपालिका गाउँपालिका, मन्त्रालय र प्रमुख कार्यालयमा राखिने उद्योग पर्यटन वन तथा वातावरण मन्त्री शत्रुधन महतोले जानकारी दिए ।

‘पुस्तकमा रामजानकीको विवाह सम्बन्धी महत्वपूर्ण कुरा आएको छ । बाहिरबाट जानकपुर आउनेहरुले पनि यो पुस्तक मार्फत जनकपुरका वारेमा जानकारी पाउने छन् ।’ मन्त्री महतोले भने । ‘पूनी पूनी होत विवाह’ पुस्तकमा मिथिलामा रामजानकी विवाह उत्सव र सीताको रामायणसँगको प्रसंगलाई उजागर गरिएको छ ।

त्रेता युगमा भएको भगवान् राम र सीताको विवाहको स्मरणमा प्रत्येक वर्ष मिथिलाको राजधानी एवं वर्तमान मधेस प्रदेशको राजधानी जनकपुरधाममा हुने विवाहोत्सवलाई पुस्तकमार्फत धर्म र संस्कृतिको उजागर गर्ने प्रयास गरिएको हो ।

पुस्तकमा लेखक झाले रामजानकी विवाह महोत्सवको पौराणिक संस्कृति, महत्व र आजको आवश्यकता सहितका विषयवस्तुलाई प्रस्तुत गरेका छन् । ६८८ पुष्ठको पुस्तकलाई यसअघि संघीय संस्कृति मन्त्रालय विद्यापति पुरस्कार कोषले एक लाखको पुरस्कार प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वसुन्धराश्री र मानश्री पुरस्कार डा. थापा र शाहलाई अर्पण

  काठमाडौँ । विसं २०८१ को वसुन्धराश्री र मानश्री  पुरस्कार वरिष्ठ कूटनीतिज्ञद्वय डा

पौडेल र मालीलाई ‘स्रष्टा चैत्र ३०’ सम्मान

  काठमाडौँ  । लोकतान्त्रिक जनआन्दोलनमा साहित्यिक क्षेत्रको योगदानलाई स्मरण गर्दै ‘स्रष्टा चैत्र ३०’

कथाः ब्रेकअप

अन्जु शर्मा । लोकसेवा पास भएर म पहिलो नियुक्ति पत्र बोकेर देशको सुदूरपूर्वी

‘बौहिनिया’ लिएर आए साहित्यकार पोखरेल

काठमाडौं । गुणराज पोखरेल नाटककारको परिचय लिएर साहित्य आकाशमा उदाएका छन् । साहित्य