लघुकथा: दोषी नजर



प्रभादेवी पौडेल ।
-” बाबु मामाले भनेकी केटी हेरिस् त?” -“हेर्न त हेरें आमा तर मन परेन।” -“मामाले देखाएपछि पक्कै नहुनेमा कुरा चलाएन होला केरे?” राजनले भन्यो,-“खोई कुन आँखाले हेर्नुभयो,न उचाई छ,न हेर्दा राम्रीनै छ, यसो बुढी हो भनेर चिनाउॅन पनि लाज मर्दो।”उसले धेरै केटी छान्दा छान्दा बल्ल बल्ल मनले खामेकी केटी मोहिनिलाई बिहे गर्यो।

दिन बित्ने क्रममा राजन मोहिनीको सुन्दरतामा हराउॅन थाल्यो। उसले मोहिनीले जे भन्यो त्यही पुर्याईदिन्थ्यो।जसले गर्दा ऊ मात्तिएर बिस्तारै टाउकोमा टेकेर घर छोड्नु पर्ने स्थिती आयो।उसको बास घरमा भन्दा माईतीमा बढी हुन थाल्यो।
एकदिन अफिसको सानो पार्टीमा राजन घर आउॅन नपरे हुन्थ्यो जस्तो गर्यो। मनोजले भन्यो , कति धेरै पिएको मित्र,अब धेरै लागेजस्तो छ म घर पुर्याई दिन्छु ,भाउजुले बाटो हेरिरहनु भएको होला।” -” छैन भाउजु साउजू , तेरो पो घरमा मायाँ गर्ने बुढी छ यार।” यो सुनेर मनोजले भन्यो,-“हिड साथी मेरै घर जाऊँ खाना बाँडेर खाउॅला ” भन्दै घरमा लग्यो।

घरमा पुग्ने बित्तिकै शुसीलाले भनि -“आज अल्ली अबेर हुन्छ भन्नु भएको थियो अलि बढी नै अबेर गर्नु भएछ त हजुर ?” ऊ केही नबोली हाँसी मात्र रह्रयो र भन्यो ,-“ऊ मेरो मिल्ने साथी।” -“ए, नमस्कार” भन्दै शुसीलाले खाना बराबर पस्किएर दिई। मनोजले थाहा नपाउॅने गरि राजनले एकोहोरो शुसीलाको आँखामा नियालेर हेर्यो र प्रायस्चित्तको आगोमा जल्दै मन मनै मुल्याङ्कन गर्यो ,-“कति निर्दोष आँखा तिम्रा तर मेरो भाग्यमा रहेनछ र आँखा दोषी भए ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रतिगमनले उल्टै ‘प्रतिगमन भयो म माथि’– भन्छ !!

अरुलाई खाइसकेर प्रतिगमनले जब प्रतिगमन आफैंलाई खान्छ ! प्रतिगमनले उल्टै ‘प्रतिगमन भयो म

डा. दंगालद्वारा भर्चुअल मिटिङको १०० औ श्रृङ्खला भव्य रुपमा सम्पन्न

प्राध्यापक एवं अर्थशास्त्री डा.दिलनाथ दंगालले गत बर्ष नेपालमा कोरोना कहरका कारण बन्दाबन्दी सुरु

त्यसैले हामी सडक राज्य र सडक राष्ट्र !

केशवप्रसाद भट्टराई । सडक नै हाम्रो राज्य र राष्ट्र हो । सडकले नै

यतिले धीत अझै मरेन मेरो सरकारको, कोरोनाको खोप लाउनेमा आफन्त …

कारमा आफन्त सरकारमा आफन्त भन्सारमा आफन्त धनसारमा आफन्त भ्रष्टाचारमा आफन्त अख्तियारमा आफन्त उपचारमा