लघुकथा: दोषी नजर



प्रभादेवी पौडेल ।
-” बाबु मामाले भनेकी केटी हेरिस् त?” -“हेर्न त हेरें आमा तर मन परेन।” -“मामाले देखाएपछि पक्कै नहुनेमा कुरा चलाएन होला केरे?” राजनले भन्यो,-“खोई कुन आँखाले हेर्नुभयो,न उचाई छ,न हेर्दा राम्रीनै छ, यसो बुढी हो भनेर चिनाउॅन पनि लाज मर्दो।”उसले धेरै केटी छान्दा छान्दा बल्ल बल्ल मनले खामेकी केटी मोहिनिलाई बिहे गर्यो।

दिन बित्ने क्रममा राजन मोहिनीको सुन्दरतामा हराउॅन थाल्यो। उसले मोहिनीले जे भन्यो त्यही पुर्याईदिन्थ्यो।जसले गर्दा ऊ मात्तिएर बिस्तारै टाउकोमा टेकेर घर छोड्नु पर्ने स्थिती आयो।उसको बास घरमा भन्दा माईतीमा बढी हुन थाल्यो।
एकदिन अफिसको सानो पार्टीमा राजन घर आउॅन नपरे हुन्थ्यो जस्तो गर्यो। मनोजले भन्यो , कति धेरै पिएको मित्र,अब धेरै लागेजस्तो छ म घर पुर्याई दिन्छु ,भाउजुले बाटो हेरिरहनु भएको होला।” -” छैन भाउजु साउजू , तेरो पो घरमा मायाँ गर्ने बुढी छ यार।” यो सुनेर मनोजले भन्यो,-“हिड साथी मेरै घर जाऊँ खाना बाँडेर खाउॅला ” भन्दै घरमा लग्यो।

घरमा पुग्ने बित्तिकै शुसीलाले भनि -“आज अल्ली अबेर हुन्छ भन्नु भएको थियो अलि बढी नै अबेर गर्नु भएछ त हजुर ?” ऊ केही नबोली हाँसी मात्र रह्रयो र भन्यो ,-“ऊ मेरो मिल्ने साथी।” -“ए, नमस्कार” भन्दै शुसीलाले खाना बराबर पस्किएर दिई। मनोजले थाहा नपाउॅने गरि राजनले एकोहोरो शुसीलाको आँखामा नियालेर हेर्यो र प्रायस्चित्तको आगोमा जल्दै मन मनै मुल्याङ्कन गर्यो ,-“कति निर्दोष आँखा तिम्रा तर मेरो भाग्यमा रहेनछ र आँखा दोषी भए ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विदेश पलायन भइरहेको युवा जनशक्तिलाई रोक्नु पहिलो आवश्यकता होः राष्ट्रपति पौडेल

गण्डकी । राष्ट्रपति रामचन्द्र पौडेलले केही भएन भन्नेमात्र नभई धेरै भएको छ तर

‘कोशी एक्सिलेन्स अवार्ड’ साहित्यकार झमक घिमिरेलाई अर्पण

विराटनगर ।  वरिष्ठ साहित्यकार झमक घिमिरेलाई ‘कोशी एक्सिलेन्स अवार्ड २०८१’ अर्पण गरिएको छ

साहित्य र पर्यटनलाई जोड्दै नेपाल साहित्यिक महोत्सव

पोखरा। पछिल्लो समय पोखरा महोत्सवमय बनिरहेको छ । एकपछि अर्को ‘महोत्सव’ले चलायमान बनिरहेको

पत्रकार सुजीत झाले खुसी

जनकपुरधाम । पत्रकार सुजीतकुमार झाद्वारा लिखित ‘खुसी’ पुस्तकको एक समारोहकाबीच जनकपुरधाममा लोकार्पण गरिएको