लघुकथाः संवेग
प्रभादेवी पौडेल।
आस्था सानै देखि निक्कै कडा मिजासकी केटी थिई।मै हुँ भन्ने केटा पनि उसको अगाडी परेर बोल्न समेत डराउॅथे। घरमा होस् वा बिद्यालयमा ऊ डटेर कुरा गर्थी। एकपटक गाउॅमा एक अबला महिला माथि भएको अत्याचारको बिरुद्ध ऊ माईतीघर मण्डलामा धर्ना दिएर काठमाडौँवाट घर फर्कदै थिई,संयोगले उसका काका पर्ने पनि त्यहि बसमा चढी घर फर्कदै थिए।बसको ढोका नेरैको कुना पट्टी झ्याल तिरको सिटमा आस्था थिई भने छेउमा काका थिए। त्यसको बिपरित सिटमा एक युबक थियो। उसले कालो चस्मा लगाएको थियो। उसको टाउको आस्था तिरै फर्किएको थियो।
उसले जति बेला त्यता हेर्थि त्यो युबकले आफैलाई हेरे जस्तो लाग्थ्यो। उसले काका सँग भनि ,-“काका यो नमुनालाई सबक सिकाइदिउॅ ? केटी मान्छेको मुख नै देख्न न पाएझै गर्यो त पाखेले।” यो सुनेर काकाले भने , -“तिमीले नहेर न भैगो नी।” -“भर्खर बिरोध कार्यक्रममा सहभागी भएर आएकिले रगत सेलाएको थिएन उसले काकाको कुरा खस्न नपाउँदै आफ्नो कुरा भनि,-” त्यसो भनेर कहाँ हुन्छ र काका? यही भएर त देशमा हत्या हिंसा बलात्कार बढिरहेको छ” भन्दै ऊ सिटबाट पटक पटक जुरुक्क उठ्थि। काकाले सम्झाउँदै बस्न लगाऊँथे।
केही यात्रा गरेपछि त्यो युबकलाई आडैको साथीले झर्ने ईशारा गर्यो। ऊ त्यसैको हात समातेर पछि पछि लाग्यो।काकाले भने ,-“देख्यौ छोरी यदि तिमीले आफ्नो संबेगलाई नियन्त्रण नगरेको भए अहिले कुन अबस्था आई पर्थ्यो बिचार गरत एक पटक?बिचारा दृस्टि बिहिन पो रहेछ।”