रङ्गहरु



रङ्गहरु
त्यसबेला हरियो थियो करेसाबारी
अझै हरियो देखिन्थ्यो,गैरी खेत
हरियै धानको मुठो समातेका ‘बा’ लाई
धमिलो बर्खाले आफू संगै बगाएर लिएपछि
मलाई बर्खा मन पर्दैन
हरियो रङ्ग पनि मन पर्दैन
काधमा गुन्युको सेतो सप्को ओढाएर
समयले खोसेको हो मेरी आमाको
ओठको गुलाबी रङ्ग
त्यसपछि
मन पर्न छाड्यो मलाई सेतो रङ्ग पनि
अध्यारोले छोपेपछी इमानका परेला
साइलाले लुटेको थियो राधाको अस्तित्व
कालोनै थियो सिताको इज्जतमा कालो
लागेको रात पनि
त्यसैले
मलाई अध्यारो मन पर्दैन
कालो रङ्ग पनि मन पर्दैन
फिजाउदै सपनाका पखेटा निलो आकाशमा
निलो समुन्द्र पार गरि परदेश पुगेका ठुलदाइ
निलै बाकसमा घर फर्केको दिनदेखि
डर लाग्छ मलाई निला रङ्ग हरु संग
कुमारित्वका दुई राता छिटा योनिबाट पोखिएकै दिन
अपवित्र भनिएको हो मलाई
रक्ताम्य योनि लिएर छाउ पसेकी काकीलाई
रक्ताम्य लास बनेको देखेपछि
मलाई रजस्वला भएको बार मन पर्दैन
रातो रङ्ग पनि मन पर्दैन
यी आँखा लाई सुनौला सपना देखाएर
उसले पनि रङ्गाइदियो खुशी अर्कैको सिउदोमा
अनि मलाई मन छाड्यो पहेंलो रङ्ग पनि
धेरै रङ्गहरु संग पोतिएर मेटिएको छ आफ्नै अस्तित्व
प्रत्येक रङ्गहरु संग शोक मनाएको छ जिन्दगीले
हरेक रङ्गको दाग बोकाएको छ समयले
मान्छे
भन तिमी कुन रङ्गको पर्व बोकेर
शुभकामना दिन आएका हौं ?
विद्याश्री सिंह
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रमा–कृष्ण साहित्य सम्मान समालोचक चुडामणि बन्धुलाई

काठमाडौँ । रमा–कृष्ण सृजना प्रतिष्ठानले २०८० सालको कवि भवानी घिमिरे स्मृति रमा–कृष्ण साहित्य

क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार सरुभक्तलाई

तनहुँ । यस वर्षको ‘क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार’ साहित्यकार सरुभक्तलाई प्रदान गरिने भएको

देश र संसार बुझ्न कविता प्रभावशाली माध्यम हो: पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समाज विकासमा भाषा, कला र साहित्यको भूमिका महत्त्वपूर्ण

कुलमान खेद्ने खाडल अझै गहिरो बनाए हुन्छ….

के-के खानुछ कसकसलाई , खाए हुन्छ भारतले सरकार अहिले नपर्ने रैछ ! टडकमा