लघुकथा: आत्मनिर्भर



प्रभादेवी पौडेल।
-“बाबु घ्याम्पामा चामल छ एक कुरुवा लिएर आई कसौडीमा बसाल त बाले ढिला गर्नु भएजस्तो छ”आमाले भनिन् । आमाले काम अह्राएको देखेर ऊ निधारमा सातवटा गाँठा पार्दै उठ्यो र आरी लिएर लिस्नु चड्दै थियो बा टुप्लुक्क आइपुगे र भने, -“सत्या छोरालाई काम लगाएकी? के जानेको छ र राघवले, मैले समय अड्कलेको थिएँ आई हाल्थे नी” भन्दै छोरालाई पढ बाबू तँ म खाना पकाउछू भनि आफै कस्सिए भिस्म।
सत्यालाई बुढाले एउटा सन्तान भनि यतिधेरै छोरो पुल्पुल्याएको मन परेन । उनलाई यो नछुने भएको चार दिन पनि चार बर्ष झै लाग्दथ्यो।
राघब एस ई ई पास गरेपछि सहर पढ्न गयो। बाले डेरा खोजेर ब्यबस्था मिलाएर आए। छोरो होटेलमा खान्थ्यो।एक्दिन ऊ बिरामी पर्यो। बा तुरुन्त पुगे। केही दिन संगै बसेर निको बनाई आए।भोली पल्टै छोरोले फोन गर्यो -“होटलमा नखा भन्नु हुन्छ मलाई खाना बनाउन आउदैन के गर्ने बा ?” -‘बुढी छोरोले खाना बनाउन जान्दिन भनेको छ पालो गरेर जाने हो की?” सत्याले भनिन्, -“जसले बानी बिगारेको छ त्यही जान्छ, ऊ दामोदर र हरिका छोराहरुले आफै पकाएर खाएका छन क्यारे।”आमाले त्यसो भनेपनि बाको मन कटक्क खायो र आफै रासन बोकेर छोरो भएको ठाऊँमा गए। गएको केही दिनमा बा पनि निक्कै बिरामी परे। छोरोले हस्पिटल लग्यो।

जाँच गरेर डेरामा आएपछि बालाई निक्कै भोक लागेको थियो तर छोरो सँग भन्न सक्दैनथे।एक्छिन पछि छोरो माथि गएर घरबेटीलाई भन्यो,-“आंटी के गर्ने होला बालाई जाऊलो बनाउनु पर्ने, मलाई त खाना बनाउनै आउॅदैन।” उनी दंग पर्दै भनिन्-” एकछाक भाएपो सहयोग गर्नु, ल हिंड कोठामा म पकाउन सिकाई दिन्छु” भनेर आफु कुर्चिमा बसी सबै गर्न लगाएर सिकाई दिईन् र भनिन्-” हेर बाबु छोरा न छोरी भोली के पर्छ कसलाई के थाहा, काम भनेको उमेर अनुसार सबै सिक्दै जानु पर्छ।”यो सुनेर खाटमा सुतेका बिरामी भिष्मले आत्मा बोध गरे।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वसुन्धराश्री र मानश्री पुरस्कार डा. थापा र शाहलाई अर्पण

  काठमाडौँ । विसं २०८१ को वसुन्धराश्री र मानश्री  पुरस्कार वरिष्ठ कूटनीतिज्ञद्वय डा

पौडेल र मालीलाई ‘स्रष्टा चैत्र ३०’ सम्मान

  काठमाडौँ  । लोकतान्त्रिक जनआन्दोलनमा साहित्यिक क्षेत्रको योगदानलाई स्मरण गर्दै ‘स्रष्टा चैत्र ३०’

हामीले आफूलाई चौकीदारको भन्दा माथिल्लो हैसियत नै देखेनौं

डा. युवराज संगौला । २०४२ साल । भारतको पटना विश्वविद्यालयको कानुन संकायमा हामी

प्रहरी नायब निरीक्षकको जागिर छोडेर गाउँमै दुग्ध व्यवसाय सुरु गरेका वियश राई

सोलुखुम्बु । ‘सीप र जाँगर भए कसैसँग हात फिँजाउन पर्दैन’ नेपाली यस भनाइलाई