‘मानसिकता’
लघुकथा: मानसिकता
प्रभादेवी पौडेल।
-“ए बुढा हेर्नू त हाम्रो साने हाँसेको,हेर्नू त कस्तरी फर्किएको , चार खुट्टाले हिंडेको,पाईला सारेको।”रघु र मीरा छोराका हर कृयाकलापहरु देखेर यस्तो सोच्दथे कि, संसार भरिमा उनीहरुको सन्तानले मात्र यस दुनियामा अनौठो कार्य गर्दै छ।
बिदाको दिनमा छिमेकी महिला झ्यालमा बसेर त्यतै तिर हेरेर भावुक हुन्थिन् । उनीहरूमा अगाध प्रेम भएपनि एउटा सन्तान नजन्मिएर खल्लो महसुस गरिरहेका थिए। पेशाले डाक्टर पहिला आफ्नो क्यारियर बनाउन तिर लागे पछि सन्तान भएन। पतिलाई त केही झै लाग्दैनथ्यो तर छिमेकीले यतैतिर फर्किएर छोरो खेलाउॅदा नारी मन न हो कता कता कटक्क खान्थ्यो।उनीहरुले धेरै ब्यस्त हुनुको साथसाथै मनग्य धन पनि कमाएका थिए।
एकदिन उनले बुढालाई भनिन् ,-“राज हामी पनि सालनाल सहितको कसैको बच्चा ल्याएर बाबु आमा बनौँ।” राजले भन्यो, -“हामी एउटामा ब्यस्त हुनु भन्दा एउटै काम धेरै जनाको सेवामा ब्यस्त हुनेछौं भन्दै निजी लगानीमा केही गर्ने बिचार ब्यक्त गर्यो।
रहँदा बस्दा रघु र मीराको सन्तान जवान भयो। ऊ धेरै पुलपुलिएकोले कसैलाई गन्दैनथ्यो।आफुखुसी बिहे गर्यो। बुहारी घर जोड्ने भन्दा तोड्ने स्वभाव की परि। दिनदिन उनीहरु अशक्त बन्दै गए ।
एकदिन उसले बाबा आमालाई घरबाट निकालिदियो। छोरालाई बुढेसकालको लौरो सम्झिएका रघु र मीरा आज गन्तन्य बिहिन बनेर चौतारोमा रोएर बसिरहका थिए, त्यही बेला एकजना युबक नजिकै आएर भन्यो हेर यो उमेरमा जन्म दातालाई यो अबस्थामा पुर्याएर, बिस्तारै हिड्दै जानुहोस् अलि पर पुगेपछि निशुल्क बस्न खान पाईने आश्रम छ भन्दै देखाइदियो।
उही छिमेकीको रहेछ उसलाई त्याहाॅ देखेपछि रघुले बुढीलाई भन्यो, -“हेर मीरा हामीले सन्तान प्राप्तिको लागि के सम्म गरेनौं र, यदि पति पत्नीमा आपसमा सम्मान र प्रेम छ भने सन्तानै जन्माऊनू पर्छ भन्ने पनि हुँदो रहेनछ बुढी।”