लघुकथा: भेटेको पैसा
प्रभादेवी पौडेल।
म किनमेलको लागि बजार जान निस्किएकी थिएँ। केही पर पुगेपछि एउटा सानो हाते रुमालको पोको भेटियो। त्यहा केही चिज थियो।मैले एक्छिन खुट्टाका औंलाले खेलाएर दायाँ बायाँ हेरेर मात्र हातले समाए।पोको खोलि हेर्दा त्यसमा हजार हजारका पच्चीस वटा कट्कटाउॅदा नोट रहेछन्। वरिपरि कसैलाई देखिन। दायाँ बायाँ हेर्दै फटाफट आफ्नो बाटो लाग्याॅ। बजारमा पुगेपछि आबस्यकता बढ्दै गए। भेटाएको पैसा त हो नी भन्दै अघिपछिको भन्दा डबल सामान किन्यां। आफुलाई मन पर्ने एउटा जापानिज साडी साथमा सेट ब्लाउज़ र दुइजोर कुर्ता किन्याॅ। धेरै खर्च गर्ने बानी नभएकोले अझै पैसा बाँकी नै थियो। जमाना देखिको पिज्जा खाने धोको पनि पुरा भयो।केही फलफूल साहित अरु सम्झेजतिको सामान किनेर अटो लिई घर फर्किएँ । बुढाले पटक पटक घाँटी हेरेर हाड निल्नु पर्छ भनिरहने हुनाले केही सामन लुकाएँ। अर्को महिनामा दिएको घर खर्च बचत हुन्छ भनेर भनिन।
बेलुका घरमा बुढालाई मनपर्ने तरकारी च्याउ पकाएं। छोरा छोरीले निक्कै मीठो मानेर खाए। तर बुढाले पेटमा त्यती सन्चो भएको छैन भनि भाग मात्र बस्नु भयो।आफुलाई पनि दिउसोको पिज्जाले कता कता पेट न मिले जस्तो भयो।धेरै पटक रातमा बाहिर जानु पर्यो।बुढा पनि निदाएझै मानिन। बिहानीपख पतिदेवको अनुहार मलिन देखेर मैले प्रश्न गर्याँ, -“हजुरलाई बिसन्चो भयो की?रातभरी आँखा खुलेकै देखें।” -“केही भएको छैन।”
यति भन्दै गर्दा उहाँको मोबाइलमा चर्को स्वरमा फोनको घन्टी बज्यो, -” हैन साथी छोरो हस्पिटलमा भर्ना गरेको थाहा हुँदा हुँदै पनि सहयोग गर्नु त परै जावोस् पठाएको पैसा पनि नदिने ?”बुढाले नम्र हुँदै भन्नुभयो ,-” तिम्री सासुले हातमा पैसा दिएपछि गनेर कोटको खल्तिमा राखे जस्तो लाग्छ,हेरन रुमाल कता खसेछ पत्तै पाईन, हाकिमलाई भनेको छु पछिल्लो महिनाको पेस्की चाहियो भनेर,म अफिस गएपछि पैसा लिएर तुरुन्त हस्पिटल आउॅछु मित्र।”