लघुकथा:भुत



प्रभादेवी पौडेल
पुर्णलालले घरमा सुशील पत्नी हुँदा हुँदै पनि कामको शिलशिलामा जाँदा कान्छी श्रीमती को रुपमा एक छोरी सहितकी आमालाई भगाएर ल्याई डेरामा राखेका थिए।उनी जेठी र कान्छीसंग आलोपालो गरेर बस्थे। घर जग्गाको कारोबार गर्दथे।

एकपटक आफ्नो काम बिशेषले पुर्णलाल लामो समयको लागि घर छोडेर बाहिर गएका थिए उनी गएको केहि दिनबाट यता घरमा अनौठो आवाज आएर कराउने बच्चा रुने भाँडा बजाउने जस्ता कृयाकलाप सुनियो। जेठीले बुढालाई फोन गरेर भनिन्,-” यो घरमा भुत छ बुढा धेरै दिन भयो हामी सुतेका छैनौ, म त यो घरमा मरिगए पनि बस्न सक्तिन, दिनानु दिन अनौठो अनौठो तरीकाले तर्साउँछ छिटो आएर ब्यबस्था मिलाउनु।”

पुर्ण लाल आउन केहि दिन ढिला हुने भएपछि तीन जनाले ज्यानको बाजी लगाएर हिम्मत गरे र चनाखो भई बसे। अग्लो कालो बस्त्र लगाएको दारी झम्म पालेको भुत्ते थाउनुले पुरै शरीर ढाकेको भुत जब सुत्ने झ्यालको नजिकै आवाज दिन थाल्दै थियो आकाशले समाती हाल्यो र सबैले साथ दिए। भुतलाई एउटा कोठामा लगेर चुकुल लगाएर राखे।भोलिपल्ट बिहान सबै जम्मा भई केरकार गरे। उनले बुढालाई फोन गरेर भनिन् , -“भुत भनेर समातेको त बुढा हजूरको बर्तमान पो रहेछ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रहरी नायब निरीक्षकको जागिर छोडेर गाउँमै दुग्ध व्यवसाय सुरु गरेका वियश राई

सोलुखुम्बु । ‘सीप र जाँगर भए कसैसँग हात फिँजाउन पर्दैन’ नेपाली यस भनाइलाई

कथाः ब्रेकअप

अन्जु शर्मा । लोकसेवा पास भएर म पहिलो नियुक्ति पत्र बोकेर देशको सुदूरपूर्वी

‘बौहिनिया’ लिएर आए साहित्यकार पोखरेल

काठमाडौं । गुणराज पोखरेल नाटककारको परिचय लिएर साहित्य आकाशमा उदाएका छन् । साहित्य

हाम्रा मनोवैज्ञानिक समस्या

डा. युवराज संग्रौला । हाम्रा केही मनोवैज्ञानिक समस्या छन् । खासगरि अहिले ‘व्यापक