नेपाली सेनाले राष्ट्रिय एकता दिवसमा पदयात्रा र राष्ट्रिय कविता प्रतियोगिता आयोजना गर्ने



काठमाडौं । नेपाली सेनाले राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसरमा राष्ट्रिय कविता प्रतियोगीता गर्ने भएको छ । दिवसका अवसरमा सेनाले गोरखादेखि काठमाडौँसम्म एकीकरण पदयात्राका अतिरिक्त राष्ट्रव्यापी कविता प्रतियोगिता आयोजना गर्न लागेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

प्रतियोगितामा भाग लिन इच्छुक कविले ‘राष्ट्र, राष्ट्रियता तथा राष्ट्रिय एकता प्रवद्र्धन र पृथ्वीनारायण शाह’सम्बन्धी भावमा कविता लेख्न सक्नेछन् । त्यस्ता कविता यही पुस २० गतेभित्र सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय वा इमेलमा पठाउन सकिनेछ ।

प्रतियोगितामा छानिएका २५ वटा कविता पुस्तकका रुपमा प्रकाशित गरी जङ्गीअड्डा परिसरमा स्थापना हुने ‘पृथ्वीनारायण शाह अध्ययन केन्द्र’ मा राखिनेछ । प्रतियोगिताका उत्कृष्ट १० कविलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्ने जानकारी दिइएको छ ।

नेपालको संविधानबमोजित राष्ट्रिय एकताको रक्षा गर्न तथा सरकारको वार्षिक नीति तथा कार्यक्रममा समाविष्ट ‘एकीकरण मार्ग कार्यक्रम’ कार्यान्वयन गर्ने क्रममा सेनाले विगत वर्षमा पनि एकता दिवसका विविध गर्दै आएको थियो ।

एकीकरण पदयात्रा गोरखाबाट पुस २१ गते शुरु भई धादिङ, नुवाकोट र नागार्जुन हुँदै पुस २६ गते हनुमानढोका आइपुग्नेछ । पृथ्वी जयन्तीका दिन सैनिक मुख्यालय जङ्गीअड्डामा हुने कार्यक्रममा उक्त पदयात्रा टोलीले भाग लिनेछ । यस पदयात्रामा नेपाली सेना, स्थानीय जनता र विद्यार्थी सहभागी हुनेछन् ।

पदयात्रामा मिरकासिमको फौजलाई पराजित गरेपछि राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले खडा गरेका नेपाली सेनाका पाँचवटा कम्पनीको निशान, नेपालको राष्ट्रिय झण्डा र एकीकरण ज्योति समेटिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानसेनापतिद्वारा उपरथी जिसीलाई दज्र्यानी चिह्न प्रदान

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाको उपरथीमा हालै पदोन्नति भएका कृष्णबहादुर जिसीलाई

भारतीय सेनाका पूर्व स्थल सेनाध्यक्षहरु स्वदेश फिर्ता

काठमाडौँ । नेपाली सेनाको निमन्त्रणामा महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवका अवसरमा

२८ जना प्रहरी निरीक्षकका लागि सशस्त्र प्रहरीद्वारा दरखास्त आह्वान

काठमाडौं । सशस्त्र प्रहरी बलले २८ जना प्रहरी निरीक्षकका लागि दरखास्त आह्वान गरेको

नेपाली सेनाले यसरी मनायो टुँडिखेलमा सैनिक दिवस(फोटोफिचर)

काठमाडौं । नेपाली सेनाले २६२औँ स्थापना दिवस तथा शिवरात्रि विशेष कार्यक्रम गरी मनाएको