लघुकथा: साडीको स्टिकर
प्रभादेवी पौडेल ।
-“दिदी तपाई घरमा आमालाई सघाएर बस्नु हामी यसो किनमेलको लागी बजार निस्कन्छौं है ?”यो सुनेर दिदिले भनिन्,-” जाओ जाओ तिमीहरु टाठा बाठा मान्छे ,मै सोझी बस्छु आमासंग।” यतिभनेर नन्दाका दूई बहिनी र बुहारी बजार निस्किए। बिहेको रौनक बिदेशबाट आएको भाइ ,दुलाहा दुलाहीको सामान किन्न पनि निक्कै समय लाग्यो।
यसै बिचमा भाइले भाउजु र दिदीहरुलाई भने,-” हजुरहरु पनि आफुलाई मनपर्ने साडी रोज्नुहोस् घरमा आमा र दिदीलाई पनि लगिदिनू पर्छ।”भाइका कुरा सुनेर उनीहरुले अरु किनमेल भ्याए पछि आमालाई पहिला साडी किनेर साहुजी संग भने ,-“साहुजी पार्टिमा लगाउने हो चार वटा एउटै साडी सेटमा देखाउनूहोस् त?” -“अहिले यो साडी सकिएको छ जम्मा तीन पिस छ तर ऊ त्यो साडीको मुल्य आधानै फरक भएपनि हेर्दा उस्तै छ एउटा त त्यहि लानु भए हुन्छ।”
उनीहरुले सल्लाह गरे दिदिले हेला गरेको भन्नु हुन्छ चित्त भने बुझाई दिनू पर्छ है भन्दै पैसा बुझाएर सबै सामन लिएर घर फर्किए।
सामान एउटा कोठामा थान्को मान्को लाएर भान्छा तिर लागे। बिहेको दिनमा आफू आफूले लिएर आएकै लगाए र बिहेको भोलीपल्ट पार्टी थियो। दिदी बहिनी भाउजु बुहारी सबैले एउटै साडी लगाउॅने निर्णय गरे। त्यहाॅ दुलाहाको हातबाट साडी दिन लगाइयो।साडीमा नाम र मुल्यको स्टिकर देखिने गरि टाँसीएको थियो।
साडी लगाउने बेलामा दूई दिदी बहिनी मुखा मुख गरे र कान्छी बहिनीले भनि,-” अर्को पसलमा गएर भएपनि एउटै लिनुपर्ने रहेछ, के गर्नु दिदी आखिर मेरै भागमा लेखेको रहेछ यो साडी ।”