लघुकथा : घमासान
~डा. विदुर चालिसे ।
–“एराजा ! विराजा ! चाैतारीमा भेट भयाे ।”
दुवैले एकआपसमा सदभाव साटासाट गरेर पछाडि फर्के अनि एकले अर्काेलाई धारे हात लगाएर भने ।
–“तेराे सत्ता पल्टियाेस् ।”
फेरि अगाडि फर्केर मुसुक्क हाँसे । नमस्कार गरेर एकले अर्काे लाई साेधे ।
–“ए ! सन्चै छ ?”
–“अरू नयाँ नाैलाे के छ ?”
–“खास केही छैन !”
–“आफ्नाे के छ नि ?”
–“के हुनु ! उस्तै त हाे नि !”
दुवै फेरि फरक्क फर्के । दुई पाइला अगाडि बढे । दुवैले केही सम्झे झैं गरेर फेरि आमने सामने फर्केर एकले अर्काेलाई मुन्टाे झुकाएर साेधे ।
–“अँ साँच्ची तपाईंकाे के छ रे ?”
–“हाे त तपाईंकाे जस्तै छ त !”
–“ए, हाे ? कस्ताे ठ्याक्कै मिलेकाे ।”
उनीहरू आफू आफुमा फेरि भ्रममा परे । उनीहरूकाे मनमा निकै ठुलाे प्रश्व थियाे, जवाफ थिएन । जवाफ थियाे बरू अर्काे कुनै प्रश्न थिएन । उनीहरू द्वन्द्वकाे चरम उत्कर्षले अलिपर पुगे तर दुवैकाे मनमा नयाँ साेच बढ्याे । उनीहरू दुवैलाई लाग्याे ।
–“खेल जसरी पनि जितिनुपर्छ ।”
त्यसपछि उनीहरूका अलि पर पुगेका पाइलाहरू पुन फरक्क फर्के र दुई पाइला नजिक आए । टक्क उभिए । मुसुक्क मुस्के । फेरि एउटाले अर्काेलाई साेधे ।
–“काम मिल्याे त ?”
–“नमिलाई त हुँदै भएन नि !”
–“हि, हि, हि ! गाह्राे छ है !”
–“भनाै न ! हि, हि, हि ! सल्टियाे त !”
उनीहरू दुवैले माैनताले लामाे सास फेरे। आफ्नाे अभ्यन्तरकाे इच्छा पूरा भएकाे महसुस गरेर अलि तनक्क तन्किएर सिधा भए । दुवैले दुवैलाई हेरेर मुसुक्क मुस्कुराए । दुबैजना फरक्क फर्केर बाटाेमा हिंड्दै थिए । आफ्नाे पूरा भएकाे खुसीयालीमा उद्देश्य पूरा भएकाे सन्ताेष लिएर फर्कँदै थिए । उनीहरूलाई उनका चम्चाहरूले आक्राेसमा फेरि सल्लाह दिए ।
–“हजुर ! अब घमासान झन बढाउनु पर्याे !”
उनीहरू दुवैले फेरि चम्चाहरूलाई आश्वासन दिएर भने । –“तिनीहरू कुरा बुझ्दैनाै के ! घमासान युध्द याे पटककाे त सकिनै सक्याे त, चुप लाग !”
उनीहरू फेरि अर्काे युध्दका लागि मसला खाेज्न गाउँमा पसे ।
तर गाउँमा चाेर स्यालले कुखुरा चाेरेकाे द्वन्द्व चलिरहेकाे सुनेर उनीहरू त्यहाँबाट भाैंतारिएर हिंड्दै भने ।
–“युध्दकाे समय राेकिई नै सकेछ !”
गाउँमा न एराजा थिए, न विराजा थिए । त्यहाँकाे सन्नाटामा कतै कुनै उत्सुकता थिएन । गाउँलेहरू फेरि घमासान नामकाे फसलकाे खेती लगाउन काम गर्न थाले । फसलकाे विऊमा घुन र पुतलीकाे फायरिङ चलिरहेकाे थियाे ।