लघुकथा : वकालत



~डा. विदुर चालिसे।
–“उमेरकाे हद हुँदैन, हद नाघेपछि उमेर रहँदैन ।”
–“तात्ताे न छाराेकाे कुरा ! बरू हदकाे उमेर हुँदैन, उमेर छैन भने रहर पनि हुँदैन हाै !”
–“हि, हि, हि, याे दिदीलाई सुन र बुढामा के चाहिन्छ ? भन्याे भने, के भन्छाै ?”
–“म त बुढा भन्छु नि !”
–“छ्या ! बुढा पहिला मरे भने जीवन बचाउन काम लाग्छ । म त सुन नै भन्छु ।
फतुवाहरूकाे याे दार्शनिक बहसमा कसैकाे अरू वैकल्पिक दह्राे तर्क थिएन । उनीहरू गँवार पाेसाकमा आफ्ना जीवन धानिरहेका थिए । उनीहरूकाे विचार र साेच सानाे थियाे । त्यसैले उनीहरू साना भ्यागुताहरू जस्तै कराइरहन्थे ।
—“ट्यार ट्यार टुर टुर ट्यार्रर !”
उनीहरू धेरै नै मख्खिए अनि बेसरी हाँसेर कसैलाई गिज्याए झैं गरि गँवार भाषामा भने ।
–“बुझ्याै ? हामीभन्दा ठुलाे कुनै पहाड हुन सक्दैन !”
–“हाे, हाे, हामी नै सबैभन्दा ठुला हाैँ, संसारमा !”
उनीहरूकाे याे सल्लाहमा आत्मरतिले भरिएकाे हुनुपर्छ सायद त्यसैले सबैले आफू ठुलाे हुँ भन्ने दम्भले हाेला आफ्ना लागि नि आफैले ताली बजाए । ताली एकछिन खुब बजिरह्याे । आत्म सन्ताेषले तिनले सुस्केरा हाले । उनीहरूकाे सुस्केरा सुमधुर थियाे । एकछिन सबैले सबैलाई माया, दया र स्नेह गरेकाे झैं देखियाे । पछि उनीहरू सुस्ताएर घरतिर हिंडे । उनीहरूमध्ये एकले बाटाेमा हिंड्दै गर्दा अन्कनाई अन्कनाई भनिन् ।
–“जताततै समस्या !”
–“के समस्या पर्याे र बहिनी तिमीलाई ?”
–“ठुलाे पहाडकाे समस्या !”
उनीहरू जब घर पुगे तब फतुवाहरू एक्ला एक्लै थिए । घर घरमा उनीहरू मुसाकाे चालमा घरमा छिरे । उनीहरूले त्यहाँ साँच्चिकै पहाडकाे उत्पत्ती भएकाे देखे । पहाड देखिसकेपछि फतुवाहरूले आफ्ना दिनभरिका कामकाे बारेमा ढाँट्न थालेर भने ।
–“म त बस्दिनँ भनेकाे त हाे नि कर गरी, त्यसले !”
–“हाे, म पनि त जान्न भनेकाे घँचेटेर लगी ।”
–“कहाँ ! हेर्नू न, नगए पनि गाउँमा एक्लाे भइन्छ !”
फतुवाहरू सबैजना घर घरमा सानाे न सानाे भएर बर्बराउन थाले । तिनकाे राेदन कसैले पनि सुनेनन् । त्यसपछि तिनले घर घरमा पहाडकाे उत्पत्ती कसरी भयाे भन्ने बारेमा छानबिन शुरू गर्ने विचार गरे । छानबिन पछि उनीहरूले एउटा निष्कर्ष निकाले ।
–“मनमाैजी वकालत !”
फेरि उनीहरूले ताली बजाए । तालीकाे साथमा उनीहरूकाे समस्या बिर्सँदै गए । जब घाम अस्तायाे तब उनीहरूले भने ।
–“अल्छेर समस्या खर्लप्पै छ । त्यसका बाजेले मार्ने भाे !”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डिभोर्सः रोक्न सकिन्छ !

डा. गोविन्दशरण उपाध्याय । आर्थिक वर्ष २०२३–२४ मा काठमाडौं जिल्ला अदालतमा सरदर दिनुहुँ

रमेश विकल वाङ्मय पुरस्कार थापालाई

काठमाडौं ।  नृत्यशास्त्री भैरवबहादुर थापालाई यस वर्षको रमेश विकल वाङ्मय पुरस्कार प्रदान गरिएको

दाम्पत्यको शत्रु : ‘मपाईपन’

डा. गोविन्दशरण उपाध्याय । केवल आफ्नो ‘अहङ्कार’का कारण अनाहकमा दम्पत्य सुख वा पतिपत्नीका

मोहनविक्रम सिंहको ‘कामरेड जलजला’

काठमाडौं । वामपन्थी नेता मोहनविक्रम सिंहद्वारा लिखित ‘कामरेड जलजला’ (उपन्यास) सार्वजनिक गरिएको छ