‘हाम्रा विर्यले त्यो बाँझो कोखमा रक्त बीज जन्माउने क्षमता राख्छन्’



सिरोज विजय कोइराला

लाग्छ एउटा दोकान खोलुँ ।
जहाँ मेरा शरीरका अंगहरू
लिलाम बडाबडमा बेचुँ ।
म कलेजो बेचुँ,
मृगौला बेचुँ,
मेरो गिदी बेचुँ र
आह्वान गरूँ
ति सबैलाई
जो हाट बजारमा आफ्ना अंगहरू
लिलामीमा राख्न चाहन्छन् ।

आउनुस् हामी हाम्रा अंगहरूको ठूलो बजार
लगाउँ अनि आह्वान गरौँ ति क्रेतालाई जो
अंग विहीन मानिसहरू खरिद गर्न चाहन्छन् ।
जो चेतनालाई सक्त नफ्रत गर्छन् र
त्यो रित्तो छातीमा कोर्रा बर्साउन चाहन्छन् ।

आउनुस हामी सबै एक जुट होउँ र
आफ्नै भाउ लगाउँ ।
अन्तर्राष्ट्रिय बजार जगाउँ र
बोलाउँ काला, गोरा, नेप्टा, थेप्चाहरूलाई र
भनौँ
हाम्रा हड्डी घोट्दा अश्शो शक्ति निस्कन्छ ।
हाम्रा कानमा स्वर्गलाई सुन्न सक्ने क्षमता छ।
हाम्रा गिदीमा ज्वालामुखीबाट निस्कने
लाभाको शक्ति छ ।
हाम्रा विर्यले त्यो बाँझो कोखमा
रक्तबीज जन्माउने क्षमता राख्छन् ।

आउनुस मेरा अंगहरू लिलामीमा छन् किन्नुस
र आफ्नो जीवनलाई तिलस्मी बनाउनुस् ।
आउनुस् ।

काेइराला पाेखरामा स्थापित युवा व्यवसायी हुन् भने उनी समाज सेवा र अध्यात्ममा समेत रूची राख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘कोशी एक्सिलेन्स अवार्ड’ साहित्यकार झमक घिमिरेलाई अर्पण

विराटनगर ।  वरिष्ठ साहित्यकार झमक घिमिरेलाई ‘कोशी एक्सिलेन्स अवार्ड २०८१’ अर्पण गरिएको छ

साहित्य र पर्यटनलाई जोड्दै नेपाल साहित्यिक महोत्सव

पोखरा। पछिल्लो समय पोखरा महोत्सवमय बनिरहेको छ । एकपछि अर्को ‘महोत्सव’ले चलायमान बनिरहेको

पत्रकार सुजीत झाले खुसी

जनकपुरधाम । पत्रकार सुजीतकुमार झाद्वारा लिखित ‘खुसी’ पुस्तकको एक समारोहकाबीच जनकपुरधाममा लोकार्पण गरिएको

पूर्वप्रधानमन्त्री चन्दको आत्मकथा ‘लोकेन्द्रबहादुर चन्द’ को आवरण सार्वजनिक

भक्तपुर । पूर्वप्रधानमन्त्री एवं साहित्यकार लोकेन्द्रबहादुर चन्दको आत्मकथा ‘लोकेन्द्रबहादुर चन्द’ प्रकाशित हुने भएको