अमेरिकी कवि लुइस ग्लुकलाई साहित्यतर्फको नोबेल पुरस्कार दिइने



यसवर्षको साहित्यतर्फको नोबेल पुरस्कार अमेरिकी कवि लुइस ग्लुकलाई दिइने भएको छ । बिहीबार स्टकहोममा आयोजित एक कार्यक्रममा स्विडिस एकेडेमीले अमेरिकी कवि ग्लुकलाई नोबेल साहित्य पुरस्कार दिने घोषणा गरेको हो ।

विजेताले स्वर्ण पदक र एक करोड स्विडिस क्रोनर पाउनेछन् । कवि ग्लुकले साहित्यमार्फत ‘काव्यात्मक आवाजमार्फत सुन्दर ढंगले व्यक्तिगत अस्तित्वलाई सर्वव्यापी बनाउन’ भूमिका खेलेको भन्दै यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गरिएको स्विडिस एकेडेमीले जनाएको छ । सन् १९४३ मा अमेरिकाको न्युयोर्कमा जन्मिएकी ग्लुक यल विश्वविद्यालयमा अंग्रेजीकी प्राध्यापकसमेत हुन् ।

सन् १९९२ मा प्रकाशित कवितासंग्रह ‘द वाइल्ड आइरस’ लाई समीक्षकहरुले पनि प्रशंसा गरेका थिए । जुन कवितासंग्रहमा रहेको ‘स्नोड्रप्स’ कवितामा शिशिर यामपछि कसरी चामत्कारिक ढंगले जीवन फर्किन्छ भन्ने कुरा प्रस्तुत गरेकी छिन् । त्यस्तै उनका ‘भिटा नोभा’, रुफ्स एन्ड थिएरिज’, ‘मिडोल्यान्ड्स’, ‘फेथफुल एन्ड भर्चुअस नाइट’ लगायतका कवितासंग्रह प्रकाशित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इन्डोनेसियाद्वारा नवीकरणीय ऊर्जा परियोजनामा ठूलो लगानी

जकार्ता । इन्डोनेसियाले यस वर्ष करिब ४० अर्ब डलर बराबरको २० भन्दा बढी

जापानको श्रम बजार स्थिर

टोकियो । जापानको बेरोजगारी दर जनवरीमा २.५ प्रतिशत रहेको छ, जुन अघिल्लो महिनाको

अमेरिकाले रोक्यो युक्रेनलाई दिँदै आएको सबै सैन्य सहायता

बीबीसी । राष्ट्रपति डोनल्ड ट्रम्पले युक्रेनलाई सबै सैन्य सहायता रोक्का गर्न आदेश दिएका

बङ्गलादेशको वैदेशिक मुद्रा सञ्चिति २१ अर्ब अमेरिकी डलर पुग्यो

ढाका । विदेशी कामदारहरूबाट आउने रेमिट्यान्समा भएको वृद्धिका कारण बङ्गलादेशको विदेशी मुद्रा सञ्चिति