‘डा. गोविन्द केसीलाई मार्नु पर्छ !’



कविताः डा. गोविन्द केसीलाई मार्नु पर्छ !

यो समाज कस्लाई पुज्छ ?
सोच्नु भएको छ,
यहाँका मान्छे कस्लाई मान्छन् ?
विचार गर्नु भएको छ ?

हामी सोचाइको कुन धरातलमा उभिएका छौं ?
आफ्नै काखको सन्तानलाई जवाफ दिन सक्छौं ?

डा. गोविन्द केसी हामीलाई अपराधी लाग्छ किनकी :
जस्ले देशका नदिनाला बेचेन,
जस्ले देशका मूर्ती बेचेन,
जस्ले लाउडा काण्ड बेचेन,

जस्ले महाकाली सन्धि गरेन,
जस्ले सत्र हजार मान्छे मारेन,
जस्ले ओम्नी काण्डमा अरबौं घुस खाएन,
जस्ले आफ्नो भातिजो परेकोले निर्मला काण्डमा दोषी खोजेन,

जस्ले देवासुर सग्राम लेखेर शारदाहरुको अस्मिता लुटेन,
जस्ले हस्पिटलको सट्टामा भ्युटावर बनाउँ भनेन,
जस्ले देशको ढुकुटी रित्याएर स्विजरल्याण्डका बैंक भरेन ।

जस्ले सेतो पहिरनमा काला औषधि बेचेर मोज मस्ति गरेन,
जस्ले आफ्नो लागि बिहेसम्म पनि गरेन,
जस्ले दुई तोला सम्पत्ति देखाएर महल ठड्याएन !

गोविन्द केसी हामीलाई माफियाको एजेन्ट लाग्छ किनकी :
ऊ कर्णाली र कालिकोटका मान्छे पनि
सिंहदरबार भित्रका जस्तै मान्छे हुन भन्छ,
ऊ गरीबको पनि स्वास्थ्य अमूल्य हो भन्छ,
ऊ सबैले उपचार पाउनु पर्छ भन्छ !

अझ भनौं डा. गोविन्द केसी
आफ्नो विवेकलाई बन्धक नराख्ने
ऊ यस्तो दियो हो
जस्लाई चिन्नुको लागि
हामी भित्र इमान्दारिता र साहस छैन !

हाम्रा सन्तानको स्वर्णिम भविष्यको लागि
अब आउने स्वर्णिम पुस्ताको लागि
कलंकीत बन्न तयार बनौं !

नेपाल राष्ट्रकै दियो निभाउँ !
अनि आफ्ना कुण्ठा पोखौं :
देश खत्तम भयो भनेर !

अँध्यारोमा बस्न लत लागेका सबै मिलौं
जय नेपाल र लाल सलामको नारामा
बर्ग संघर्ष गर्ने भन्दै बुद्द जन्मेको देशमा

एकै स्वरमा भनौं
डा. गोविन्द केसीलाई मार्नु पर्छ ।

(प्रकाश न्यौपाने, कास्की)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘कोशी एक्सिलेन्स अवार्ड’ साहित्यकार झमक घिमिरेलाई अर्पण

विराटनगर ।  वरिष्ठ साहित्यकार झमक घिमिरेलाई ‘कोशी एक्सिलेन्स अवार्ड २०८१’ अर्पण गरिएको छ

साहित्य र पर्यटनलाई जोड्दै नेपाल साहित्यिक महोत्सव

पोखरा। पछिल्लो समय पोखरा महोत्सवमय बनिरहेको छ । एकपछि अर्को ‘महोत्सव’ले चलायमान बनिरहेको

पत्रकार सुजीत झाले खुसी

जनकपुरधाम । पत्रकार सुजीतकुमार झाद्वारा लिखित ‘खुसी’ पुस्तकको एक समारोहकाबीच जनकपुरधाममा लोकार्पण गरिएको

पूर्वप्रधानमन्त्री चन्दको आत्मकथा ‘लोकेन्द्रबहादुर चन्द’ को आवरण सार्वजनिक

भक्तपुर । पूर्वप्रधानमन्त्री एवं साहित्यकार लोकेन्द्रबहादुर चन्दको आत्मकथा ‘लोकेन्द्रबहादुर चन्द’ प्रकाशित हुने भएको