भोको पेट सामु पुष्पबृष्टि……



भोको पेट सामु पुष्पबृष्टि————-
भोकले छटपटाएर बसेका
मानिसलाई दाल भात दिनुको सट्टा
आनन्दले
मेरो सरकार गर्छ पुष्पबृष्टि
हे भगवान यस्तो
अन्याय देखेर पनि
आँखा नखुल्ने
कता छ तेरो दृष्टि?
बनाइस तैले कसैलाई
बालुवाटारमा गमक्क बस्ने नेता
कसैलाई टुँडिखेलमा
भात माग्न जाने मजदुर
के यही हो, तेरो सुन्दर सृस्टी?
ल नढाटेर भन त नेपाल
बनाउँदा कहाँ थियो तेरो दृष्टि?
भिटामीन ‘ए’ नपुगेपछि
राती आँखा नदेख्ने रोग लाग्छ,
भन्छन् त्यसलाई रतन्धो
हाम्रा नेतालाई ‘विवेक’ नामक
भिटामिनको कमी भएर
प्रकाशमा नै भएछ ‘दिउँसो अन्धो ’
यदि नेताका छोराछोरीले भोक
पेट टुुढीखेलमा बसेर
भात खाँदा भएको भए पुष्प बृष्टि ?
के उनले आनन्द मानेर हास्दा हुन?
वा गर्थे आँखाबाट जलबृष्टि ?

डा. अरुणा उप्रेती ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विदेश पलायन भइरहेको युवा जनशक्तिलाई रोक्नु पहिलो आवश्यकता होः राष्ट्रपति पौडेल

गण्डकी । राष्ट्रपति रामचन्द्र पौडेलले केही भएन भन्नेमात्र नभई धेरै भएको छ तर

‘कोशी एक्सिलेन्स अवार्ड’ साहित्यकार झमक घिमिरेलाई अर्पण

विराटनगर ।  वरिष्ठ साहित्यकार झमक घिमिरेलाई ‘कोशी एक्सिलेन्स अवार्ड २०८१’ अर्पण गरिएको छ

साहित्य र पर्यटनलाई जोड्दै नेपाल साहित्यिक महोत्सव

पोखरा। पछिल्लो समय पोखरा महोत्सवमय बनिरहेको छ । एकपछि अर्को ‘महोत्सव’ले चलायमान बनिरहेको

पत्रकार सुजीत झाले खुसी

जनकपुरधाम । पत्रकार सुजीतकुमार झाद्वारा लिखित ‘खुसी’ पुस्तकको एक समारोहकाबीच जनकपुरधाममा लोकार्पण गरिएको