काेराेनासँगकाे लडाइँ



काेराेनासँगकाे लडाइँ

काेराेना किन फैलियाे दिनदिनै संसार ढाक्ने गरी
भन्छन् औषधि छैन विज्ञजनले बाँचिन्छ खै के गरी
त्राहि त्राहि भयाे अशक्त दुनियाँ गाेहार माग्ने कता ?
आफैं आफ मनुष्यमा डर भयाे भन्छन् नआऊ यता ।
।।१।।
मुक्का हान्न मिलेन शत्रु तँ भनी गाेली न हान्नै मिल्याे
पक्का शत्रु भनी चिनिन्छ सबले मान्छे त धेरै निल्याे
पाता कस्न मिलेन चाैपट गरिस् पापी तँ दम्भी भनी
आँखाले न त देख्न मिल्छ कहिल्यै देखिन्न बस्ती पनि ।
।।२।।
मान्छे आपसमा जुधे बल गरी साँढे जुधेझैँगरी
सत्ताका वसमा परी घुमिरहेे काैडा घुमेझै गरी
मान्छे मेल गरेर बस्नु परने नि:शुल्क अर्ती सिकाैँ
काेराेनासँगकाे लडाइँ जितने सद्बुद्धि ऐले सिकाैँ ।
।।३।।
टालाे नाक र मुखमा हुनुपर्याे फित्ता भएकाे तर
ठूलाे भीड हुँदा त्यसाे त नभए पर्दैन बस्दा घर
फैल्याे राेग तनाव विश्वभरमा कल्पान्त जस्तै गरी
जित्नै पर्छ लडाइँ राेगसँगकाे आफैँ बनी संयमी ।
।।४।।
लाई साबुन हातमा बल गरी मिच्दै पखाल्दै गराैँ
छिँक्का,ख्वाक्क हुँदा रुमाल मुखमा राखेर छेक्ने गराैँ
ठूलाे भीड जहाँ छ जान नहुँदा तर्केर हिँड्ने गराैँ
बस्दा वा उभिदा सवा मिटरकाे दूरी सकार्ने गराैँ ।
।।५।।
खाेकी लाग्दछ ख्वाक्क ख्वाक्क पटकाैँ गाह्राे असाध्यै हुने
फेर्दा सास निकै हुने असजिलाे बेफुर्तिलाे ज्यू हुने
नाघ्याे चार भने त एक सयमा ताताे बढ्याे लाै जराे
काेराेना कि त सल्कियाे अब भनी तत्काल जाँच्नै पर्याे ।
।।६।।
जाे जाे छाैँ घरमा सबै घर बसाैँ निस्की नजाऊँ कतै
डेरामा जति छाैँ विपत्तिभरमा बस्दै गराैँ है त्यतै
जूठाे चीज हुँदैन खान अरुकाे सम्पर्क टाढा गराैँ
यै हाे औषधि इष्टमित्र सबमा वन्दे नमस्ते गराैँ

मुक्तिनाथ घिमिरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘कोशी एक्सिलेन्स अवार्ड’ साहित्यकार झमक घिमिरेलाई अर्पण

विराटनगर ।  वरिष्ठ साहित्यकार झमक घिमिरेलाई ‘कोशी एक्सिलेन्स अवार्ड २०८१’ अर्पण गरिएको छ

साहित्य र पर्यटनलाई जोड्दै नेपाल साहित्यिक महोत्सव

पोखरा। पछिल्लो समय पोखरा महोत्सवमय बनिरहेको छ । एकपछि अर्को ‘महोत्सव’ले चलायमान बनिरहेको

पत्रकार सुजीत झाले खुसी

जनकपुरधाम । पत्रकार सुजीतकुमार झाद्वारा लिखित ‘खुसी’ पुस्तकको एक समारोहकाबीच जनकपुरधाममा लोकार्पण गरिएको

पूर्वप्रधानमन्त्री चन्दको आत्मकथा ‘लोकेन्द्रबहादुर चन्द’ को आवरण सार्वजनिक

भक्तपुर । पूर्वप्रधानमन्त्री एवं साहित्यकार लोकेन्द्रबहादुर चन्दको आत्मकथा ‘लोकेन्द्रबहादुर चन्द’ प्रकाशित हुने भएको