कसरी बुझु ?



कसरी बुझु ?

मैले तिमीलाई चिनेको छु
धेरै पटक गोष्ठी मा भेटे
राजनैतिक सभा मा भेटे
गफ गरे , ठट्टा गरे
तर मैले तिमि लाई बुझेको छैन

तिम्रो नियत मलाई थाहा छ
मेरो नियत तिमि लाई थाहा छ
तर
थाहा भएर पनि थाहा छैन
किनभने हामीले एक अर्का लाई बुझेकै छैन

तिमीलाई मैले कसरि बुझु
म आफैले आफैलाई बुझेको छैन
ऐना अगाडी यो शारीर को प्रतिबिम्ब
त्यसलाई एउटा नाम ले चिनेको छु

त्यो प्रतिबिम्ब भित्र को संसार
त्यो प्रतिबिम्ब भित्र को ब्रम्हाण्ड
मैले बुझेको छैन
बुझ्ने कोसिस गरेको पनि छैन
त्यहाँ भित्र पस्ने ढोका हरु
मैले सबै बन्द गरि सके
ढोका खोल्न डर लाग्छ
त्योसाहस म मा छैन
ढोका भित्र को यथार्थता
हेर्ने सन्तुलन मा सग छैन
भो ! म बन्दै भएर बस्छु

म आफु लाई बुझन नसक्नेले
तिमि लाई कसरि बुझु ?

डा. प्रकाशचन्द्र लोहनी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘कोशी एक्सिलेन्स अवार्ड’ साहित्यकार झमक घिमिरेलाई अर्पण

विराटनगर ।  वरिष्ठ साहित्यकार झमक घिमिरेलाई ‘कोशी एक्सिलेन्स अवार्ड २०८१’ अर्पण गरिएको छ

साहित्य र पर्यटनलाई जोड्दै नेपाल साहित्यिक महोत्सव

पोखरा। पछिल्लो समय पोखरा महोत्सवमय बनिरहेको छ । एकपछि अर्को ‘महोत्सव’ले चलायमान बनिरहेको

पत्रकार सुजीत झाले खुसी

जनकपुरधाम । पत्रकार सुजीतकुमार झाद्वारा लिखित ‘खुसी’ पुस्तकको एक समारोहकाबीच जनकपुरधाममा लोकार्पण गरिएको

पूर्वप्रधानमन्त्री चन्दको आत्मकथा ‘लोकेन्द्रबहादुर चन्द’ को आवरण सार्वजनिक

भक्तपुर । पूर्वप्रधानमन्त्री एवं साहित्यकार लोकेन्द्रबहादुर चन्दको आत्मकथा ‘लोकेन्द्रबहादुर चन्द’ प्रकाशित हुने भएको