लकडाउन गरे अर्थतन्त्रले नथेग्ने


लकडाउन गरे अर्थतन्त्रले नथेग्ने
खोले अस्पतालले बिरामी नथेग्ने
गरिब देशलाई मार दोहोरो
यता टाले उताबाट चुहिने

अमेरिकामा झन् घाटाको हिसाब
मान्छेको ज्यानभन्दा डलर प्यारो
मान्छे मरे मरुन्, डलर नमरोस्
मर्ने मर्दै गर्छन्, डलर नहारोस्

लगिसक्यो महामारीले २ लाख मानिस
अंकमात्र हैन, ती हुन् मानिस
कसैका बा आमा छोरा छोरी
गएपछि आउन्न ज्यान फर्की

आए-गए सार्स-स्वाइन फ्लु, इबोला
हामीले सोचेनौँ भोलि अझै ठुलो महामारी आउला
गरेनौँ तयारी यसका लागि
आश गरौँ, सिक्नेछौँ , बाँचे यो महामारी

डा. सुदीप अर्याल ।