आँसु



सम्माननीय प्रधानमन्त्री कवि हुनुहुन्छ उहाँको कविता आज फेसबुकमा पढेपछि मेरो मन मा लागेको कुराः
डा. प्रकाशचन्द्र लोहनी ।

आँसु

कोरोन भाइरस को औषधि किन्दा पनि
भ्रस्टाचार र लुट मचाउनेहरु
हवाई जहाज खरिदमा पनि
अर्बौंको घोटाला गर्ने बहादुरहरु
सत्ता मा रहेर अर्बौं  सम्पत्ति
जोड्ने न्याय प्रेमीहरु
बिदेशी धर्मको “होलि वैन ” पियुदा
गर्बले अनुहार फुलाउनेहरु
हेलिकोप्टरबाट माल बोकेर
डाँडामा केक काट्ने गरिब सर्बहाराहरु
राजनीतिक स्थिरताको लागि
पार्टी फुटाउने कानुन ल्याउने खेलाडीहरु
अब सबैले बुझिसके
तिमीहरुले नेपालीको आँसु देख्तैनौ
किनभने मलाई थाहा छ
तिमीहरु को आखामा आँसु धेरै पहिले सुकिसके छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘कोशी एक्सिलेन्स अवार्ड’ साहित्यकार झमक घिमिरेलाई अर्पण

विराटनगर ।  वरिष्ठ साहित्यकार झमक घिमिरेलाई ‘कोशी एक्सिलेन्स अवार्ड २०८१’ अर्पण गरिएको छ

साहित्य र पर्यटनलाई जोड्दै नेपाल साहित्यिक महोत्सव

पोखरा। पछिल्लो समय पोखरा महोत्सवमय बनिरहेको छ । एकपछि अर्को ‘महोत्सव’ले चलायमान बनिरहेको

पत्रकार सुजीत झाले खुसी

जनकपुरधाम । पत्रकार सुजीतकुमार झाद्वारा लिखित ‘खुसी’ पुस्तकको एक समारोहकाबीच जनकपुरधाममा लोकार्पण गरिएको

पूर्वप्रधानमन्त्री चन्दको आत्मकथा ‘लोकेन्द्रबहादुर चन्द’ को आवरण सार्वजनिक

भक्तपुर । पूर्वप्रधानमन्त्री एवं साहित्यकार लोकेन्द्रबहादुर चन्दको आत्मकथा ‘लोकेन्द्रबहादुर चन्द’ प्रकाशित हुने भएको