सामिप्यताको सपना
बिपनिमा कहिलेपो थिएँ र?
सामिप्यताको सपना,
भातृत्वको सपना,
सम्पन्नताको सपना,
स्वतन्त्रताको सपना ,
हो, म सपनाको पनि सपनामा थिएँ,
र अझै छु।
हो म सदा भ्रममा :
आरोग्यताको भ्रम,
प्राप्तिको भ्रम,
सुन्दरताको भ्रम,
मधुरताको भ्रम,
भ्रमागमनको भ्रम,
भ्रमनिवारनको भ्रम,
यथार्थ बोध को भ्रम ,
एवम् बोधित्त्वको भ्रम।
विश्व कार्की