लहरा जीन्दगी



लहरा जीन्दगी

ठडिएको रुख –
सशक्त र अविचल रुपमा माथि लम्किरहेछ
उत्साह र उमङ्ख रोकिँदैन
आकाश छुने लक्ष्यका साथ अघि बढिरहन्छ ….

लक्ष्यमा हिँड्नेका लागि अनेक बाधा हुन्छन् –
प्रकृतिलाई पनि सह्य भएनछ
नजीकैबाट उमारिदियो लहराको बोट
अनि साहसपूर्वक ठडिएको रुखको यात्रा बल्झियो …

लहरै लहराको बीचमा अडिएको एक रुख
जति माथि जान खोज्यो त्यति नै जकडिरह्यो
चारैतिरबाट आएका लहराले
एउटा सिङ्खो रुखको लक्ष्यलाई अल्मलाइदियो ….

एक मानव पनि बृक्षकै भाँति त हो नि
वरिपरिबाट लहराहरु आइरहन्छन् विभिन्न स्वरुपमा –
जन्मदेखि मृत्युसम्म अनेकौँ संस्कार
न्वारनदेखि उपनयन, विवाह हुँदै अनेकौँ कागजका लहर
परिवारदेखि समाज र राज्यसम्म अनेकौँ बन्धनका कहर …

अल्मलाउनु, अल्झाउनु अनि अगाडि बढ्न नदिनु
लहराको प्रकृति हो
लहरालाई बेवास्ता गर्दै अगाडि बढ्नु
रुखको प्रकृति हो
मानव जीवन पनि एउटा रुख नै त हो
लहरैलहराबीचबाट क्षितिजतर्फ लम्किने ….

म विस्मातपूर्वक हेरिरहन्छु लहरातर्फ –
ऊ जेलिएको छ आफैँमा
अनि चारैतिरबाट अँगालो हाल्दै जेलिदिएको छ रुखलाई
ऊ कहिल्यै मुस्काएको छैन
तर ऊ मुस्कुराउँदै माथि लम्किरहेको रुखलाई
रोक्न सक्षम छ
म मायालु भावले हेरिरहन्छु रुखतर्फ –
विचरा ऊ केही बोल्दैन
केवल पातबाट बर्साउँदछ – अविरल आँशुका धारा …..

डा. प्रदीप ढकाल ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लोक-संस्कृति र साहित्यिले राष्ट्रिय एकता र सामाजिक सद्भावलाई सुदृढ बनाउछः राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लोक-संस्कृति र साहित्यिक जगतले हाम्रो राष्ट्रिय एकता र

भानुजयन्तीका अवसरमा साहित्यकारद्वय राई र ठकुरी सम्मानित

काठमाडौँ । सभामुख देवराज घिमिरेले दुई सय ११औँ भानुजयन्तीका अवसरमा दुईजना साहित्यकारलाई सम्मान

भानु जयन्तीमा  नेपाली भाषाको स्तरीकरणको चासो

श्याम रिमाल । जलवायु परिवर्तनको व्यापक असर पर्नुअघिसम्म जतिबेला वर्षको तेस्रो महिना असार

काठमाडौँमा रुसी कविता वाचन

  काठमाडौँ ।  रुसका प्रसिद्ध कविहरूका नेपालीमा अनुदूति करिब एक दर्जन कविताको शनिबार