‘कालापानी अरुको हुँदैछ मेरो देशमा’



    गजल
कतै लिपुलेक रुदैछ मेरो देशमा
कालापानी अरुको हुदैछ मेरो देशमा
किन मौन छन देशभक्तहरु हिजोआज
देशप्रेमीको आँसु तपतप चुहुँदैछ मेरो देशमा
जस्ले जे गरेनी सहनु पर्ने हामीले किन?
जनताको सपना तुहुँदैछ मेरो देशमा
अब त हामी नै उठ्नु पर्छ जनताजनार्दन
हाम्रा नेताको सपना कुहुँदैछ मेरो देशमा
जहिले पनि अरुकै इसारामा नाच्नु पर्दा
हरेक  नेपालीको शिर नुहुदैछ मेरो देशमा
एन .पी. खतिवडा 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रमेश विकल वाङ्मय पुरस्कार थापालाई

काठमाडौं ।  नृत्यशास्त्री भैरवबहादुर थापालाई यस वर्षको रमेश विकल वाङ्मय पुरस्कार प्रदान गरिएको

मोहनविक्रम सिंहको ‘कामरेड जलजला’

काठमाडौं । वामपन्थी नेता मोहनविक्रम सिंहद्वारा लिखित ‘कामरेड जलजला’ (उपन्यास) सार्वजनिक गरिएको छ

आयुर्वेदिक चिकित्सक दाहालको ‘हिँड्न बाँकी बाटाहरु’

काठमाडौँ । आयुर्वेद चिकित्सामा रमाउनु र कविता लेख्नु कुन काम तपाईंलाई सजिलो लाग्छ

जगदम्बा–श्री र मदन पुरस्कार प्रदान

काठमाडौँ । मदन पुरस्कार गुठीले २०८१ सालको जगदम्बा–श्री सम्मान र मदन पुरस्कार भाषाविद्