यौवनका हरियालीहरु



यौवनका हरियालीहरु,
प्रेमगमनहेतु केन्द्रित अनवरत प्रतिक्षाहरु
आमोद, विनोद, प्रमोद अपेक्षित पलहरु,
तिमीहरुको असामयिक मृत्युमा समवेदना ।

भोक, रोग, शोक
घृणा, इष्र्या, ममता, स्नेह,
प्रशंसा, तिरस्कार,

सबैलाई श्रद्धाञ्जली,
कुटिल, राग, द्वेष, माया, वात्सल्यपन,
विषयका दोषहरु एवं चञ्चल मन

प्रेमानुमुक्त भ्रम, विकारोन्मुख श्रम,
सकल जगतका अनित्य कर्महरुःबिदाइ
सापेक्ष, निरपेक्ष, भौतिक/अभौतिक
एवं
पराभौतिक चिन्तनहरु,
समय/स्थान, बान्धित क्रियाहरु,
सबलाई तिलाञ्जली ।
केवल शून्यलाई अंकमाल ।

विश्व कार्की

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
साहित्यकार राजेन्द्र पराजुलीको निधन

काठमाडौं । साहित्यकार तथा पत्रकार राजेन्द्र पराजुलीको निधन भएको छ । निमोनिया देखिएपछि

आजदेखि बिपी साहित्य महोत्सव

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक विश्वेश्वरप्रसाद

राष्ट्रपति पौडेलद्वारा कविता महोत्सवका उत्कृष्ट दश कविलाई पुरस्कार प्रदान

  काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय कविता महोत्सव, २०८० का उत्कृष्ट दश

‘काठमाडौँ–कलिङ साहित्य महोत्सव’ सुरू

ललितपुर ।  त्रिदिवसीय साहित्य महोत्सव ‘काठमाडौँ–कलिङ साहित्य महोत्सव’ ललितपुरमा सुरु भएको छ ।