यौवनका हरियालीहरु


यौवनका हरियालीहरु,
प्रेमगमनहेतु केन्द्रित अनवरत प्रतिक्षाहरु
आमोद, विनोद, प्रमोद अपेक्षित पलहरु,
तिमीहरुको असामयिक मृत्युमा समवेदना ।

भोक, रोग, शोक
घृणा, इष्र्या, ममता, स्नेह,
प्रशंसा, तिरस्कार,

सबैलाई श्रद्धाञ्जली,
कुटिल, राग, द्वेष, माया, वात्सल्यपन,
विषयका दोषहरु एवं चञ्चल मन

प्रेमानुमुक्त भ्रम, विकारोन्मुख श्रम,
सकल जगतका अनित्य कर्महरुःबिदाइ
सापेक्ष, निरपेक्ष, भौतिक/अभौतिक
एवं
पराभौतिक चिन्तनहरु,
समय/स्थान, बान्धित क्रियाहरु,
सबलाई तिलाञ्जली ।
केवल शून्यलाई अंकमाल ।

विश्व कार्की