आज



आज

अस्थायी जीवनका स्थायी पानाहरु,

पल्टाइन्छ आज ।

अधुरो प्रेमको पूर्ण पाठ,

पढिन्छ आज ।

 

बलिन्द्र आँशुका स्रोतहरुलाई,

अनुरागका स्मृतिमा सल्काइन्छ आज ।

चालमय समयको पटुकी फुकालेर,

कालजयी कालको कात्रो बनाइन्छ आज ।

 

अमरत्वको अकाल मृत्युमा,

शोक मनाइन्छ आज ।

पीडाको जन्मोन्सवमा,

हर्षोल्लास भरिन्छ आज ।

 

युगान्तकारी क्रान्तिको भ्रान्ति,

सखाप पारिन्छ आज ।

गोलो बारूदका साथ,

शान्ति बिगुल फुकिन्छ आज ।

 

सुक्ष्म प्राणीकोषिकामा,

नव ब्रह्माण्ड खोजिन्छ आज ।

पवित्र ईश्वरालयमा,

कामुक चित्र हेरिन्छ आज ।

 

पापिष्ट दुशासनको राज्यमा,

सुशासनको शंखनाद गरिन्छ आज ।

कुटिलताको अदृश्य रेखा,

बोधित्वले मेटिन्छ आज ।

 

समृद्धताको खोक्रो नारालाई,

घोक्रेठ्याँक लागाइन्छ आज ।

बेदना प्रताडित चेलीलाई,

पक्कै न्याय दिलाइन्छ आज ।

विश्व कार्की 

कार्की नेपाली, हिन्दी, उर्दु, अङ्ग्रेजी लगाएतका विभिन्न भाषाका कवितामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘कोशी एक्सिलेन्स अवार्ड’ साहित्यकार झमक घिमिरेलाई अर्पण

विराटनगर ।  वरिष्ठ साहित्यकार झमक घिमिरेलाई ‘कोशी एक्सिलेन्स अवार्ड २०८१’ अर्पण गरिएको छ

साहित्य र पर्यटनलाई जोड्दै नेपाल साहित्यिक महोत्सव

पोखरा। पछिल्लो समय पोखरा महोत्सवमय बनिरहेको छ । एकपछि अर्को ‘महोत्सव’ले चलायमान बनिरहेको

पत्रकार सुजीत झाले खुसी

जनकपुरधाम । पत्रकार सुजीतकुमार झाद्वारा लिखित ‘खुसी’ पुस्तकको एक समारोहकाबीच जनकपुरधाममा लोकार्पण गरिएको

पूर्वप्रधानमन्त्री चन्दको आत्मकथा ‘लोकेन्द्रबहादुर चन्द’ को आवरण सार्वजनिक

भक्तपुर । पूर्वप्रधानमन्त्री एवं साहित्यकार लोकेन्द्रबहादुर चन्दको आत्मकथा ‘लोकेन्द्रबहादुर चन्द’ प्रकाशित हुने भएको