क्रम भङ्गता



क्रान्तिकारी पहल कद्मीका साथ,
क्रम भङ्गता
हो हामी महशुस गर्दैछौं ।

बलात्कारको तथ्यांकमा अग्रगामी छलाङ,
क्रम भङ्गता

मिथ्या आश्वासनको पराकाष्ठा,
क्रम भङ्गता

जातियता, लैंगिक, लैंगिक समानता,
वाह क्या गजवको नारा,

आपसी मनमुटाव तथा फुटको
क्रम भङ्गता

भ्रष्टाचारमा शून्य सहनशीलता
अर्थः भ्रष्टाचारः शून्य प्रतिक्रिया,
अपेक्षित गुणः सहनशीलता,

यस प्रकार
सुशासनको नविनतम् धार,
क्रम भङ्गता ।

काठमाडौं केन्द्रित
बल, छल, युद्ध

अरिङ्गाल आक्रमण
चितवन स्थान्तरण
गजबको क्रम भङ्गता ।

नवनेपालको परिकल्पना
साकार ।

हाम्रो अपेक्षाः
यस्तै क्रम भङ्गताको
निरन्तरता !

विश्व कार्की

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
साहित्यकार राजेन्द्र पराजुलीको निधन

काठमाडौं । साहित्यकार तथा पत्रकार राजेन्द्र पराजुलीको निधन भएको छ । निमोनिया देखिएपछि

आजदेखि बिपी साहित्य महोत्सव

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक विश्वेश्वरप्रसाद

राष्ट्रपति पौडेलद्वारा कविता महोत्सवका उत्कृष्ट दश कविलाई पुरस्कार प्रदान

  काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय कविता महोत्सव, २०८० का उत्कृष्ट दश

‘काठमाडौँ–कलिङ साहित्य महोत्सव’ सुरू

ललितपुर ।  त्रिदिवसीय साहित्य महोत्सव ‘काठमाडौँ–कलिङ साहित्य महोत्सव’ ललितपुरमा सुरु भएको छ ।