दशैं तिहारको शुभकामना



दशैं आँगनमै आयो तिहार आउँदैछ पो
नवदुर्गा र लक्ष्मीको रागिनी गाइँदै छ पो
नयाँ रौनकले नौलो नयाँ सद्भाव ल्याउँछ
दशैं तिहारले मान्छे एकै गोल बनाउँछ
(१)
चौंडाले पिङ डाँडामा लिङ्गे पिङ यतातिर
पिङमै दङ्ग छन् सारा चिन्ता छैन कुनैतिर
उही खसी, उही मासु, उही सेल र ओखर
दशैं तिहारमा जस्तो हुँदैहुन्न बरोबर
(२)
विद्यालय नचल्नाले विद्यार्थी मग्न मस्त छन्
कपि कितावका पाना तेतीकै अस्तव्यस्त छन्
किन्तू फुर्सद पाउन्नन् नाचगान सजा-वजा
दशैं तिहारको रन्को जता हेर्यो उतै मजा
(३)
अमेरिकी दशैं यस्तै कुटिया भित्र दङ्ग छ
यही सुन्दरताले नै मान्छे भित्र उमङ्ग छ
उठाउ देशको झण्डा बनाउँ स्वच्छ भावना
दशैं तिहारको रन्को सुनौलो शुभकामना ।

टङ्क प्रसाद सुवेदी
हाल अमेरिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रपतिको सवारी हिँड्ने बाटोमा हिँड्ने को हो त्यो डाक्टर ?!

राष्ट्रपतिको सवारी हिँड्ने बाटोमा हिँड्ने को हो त्यो डाक्टर ?! राष्ट्रपतिको सवारी हुने

विसङ्गत अभिरुचिः राष्ट्रसेवकको बकपत्र

गण्डकी । सरकारी जागिरलाई बिट मारेपनि कृष्ण बानियाँ लेखनबाट भने निवृत्त भएका छैनन्

अठार पुराणको अध्यायगत सारांश नेपालीमा प्रकाशित

काठमाडौँ । वेद व्यासले संस्कृत भाषामा रचना गरेको १८ पुराणको नेपालीमा भाव बुझ्न

उर्दु भाषामा नेपाली कविता अनुवाद सङ्ग्रह प्रकाशन

काठमाडौं । पाकिस्तान एकेडमी अफ लेटर्स, इस्लामाबादले पाकिस्तानको राष्ट्र भाषा उर्दुमा ‘नेपालकी आवाज’