‘फेसबुकमा भेटौंला’


भेट्ने तिम्लाई फुर्सद छैन फेसबुकमा भेटौंला
मनभरीमा आफ्नो तिर्खा तेतै मेटौंला ।

पानबुट्टे तस्बिरहरु तेतै हेरौली
चोखो माया लगाइदिने धोको फेरौंली ।

बुढी औंला उठाएको ‘लाइक’ ठोकौंला,
एक अर्काको फुटो हेरी नजर रोकौंला ।

तिम्रो हाम्रो माया प्रिति तेतै साटौंला
फेसबुकमै बिहे जीवन काटौंला ।

प्रिय तिमी ‘लाइभ’ आई मलाई चुम्बन दिनु
विजुलीको झट्का जस्तै मेरो चुम्बन लिनु ।

गाला चाउरी परे मेरो एडिट गरिदिउँला
सारा जगत लोभ्याउने तिम्रो जोवन पिउँला ।

विश्व कार्की