बिदाइ
‘बिदाइ’
निशाकालिन प्रहरमा नयनबीच प्रकट
सौम्य प्रतिबिम्बलाई बिदाइ ।
कुल्चिएका मुटुहरुको कामोक्ष प्रहार
अभेदय अगम्य, अबोध्य कुटिलताहरु, बिदाइ
भावशून्य अनुरागहरु, प्रताडित अपेक्षाहरु
पुरस्कृत उपेक्षाहरु, सामिप्यताका भ्रमहरु,
बिदाइ, बिदाइ ।
पिल्सिएका जुम्रा झैं निस्तब्ध जीवन,
तिम्रो अमूर्त आगमनको प्रतिक्षा,
सुकेका बिस्टा झैं लडेका उत्साहहरुः बिदाइ
अनित्य संसारका नित्य कायाहरु,
आत्मानुरागका क्षणिक मायाहरु,
बिदाइ, बिदाइ।
विश्व कार्की