सरकार माफियाको इशारामा चलेको छ- नैनसिंह महर, पूर्व अध्यक्ष, नेपाल विद्यार्थी संघ



काठमाडौं। नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष नैनसिंह महर सरकारविरुद्ध कडा रुपमा प्रस्तुत हुँदै आएका छन् । उनले सरकारका क्रियाकलापको भण्डाफोर गर्दै पुस्तक समेत प्रकाशित गरेका छन् । उनीसँग नेपाली रेडियो नेटवर्कको नेपाली बहसका लागि ऋषि धमलाले गरेको कुराकानी:

यो सरकारलाई कसरी तपाईंले काण्डैकान्डमा फसेको भन्नुभयो ?
नेपाल कम्युनिस्ट पार्टीको सरकार निर्माण भइसकेपछि विशेष गरी केपी ओली प्रधानमन्त्री भइसकेपछि नेपालका प्रतान्त्रिक संस्थाहरु र नेपालको डेमोक्रेटिक इलिमेन्टहरु थिए । त्यसमाथि यो सरकारले धावा बोल्न थालिसकेपछि कम्युनिस्ट सरकारको प्रकोपमा देशका सबै वर्ग, समुदाय प्रताडित भएका छन् । निर्मला हत्याकाण्ड, सुनकाण्ड, बालुवाटार जग्गा काण्ड, वाइडवडी कान्डलगायतका काण्डैकाण्डमा यो सरकार चुर्लुम्म डुबेको छ । त्यतिले मात्र नपुगेर प्रजातान्त्रिक सिस्टमकै विरुद्ध पनि जान थालेको आभास भएको छ ।
काण्डैकाण्डमा त नेपाली कांग्रेसका नेताहरुको नाम जोडिएका छन् नि ?
यदि यो काण्डमा कोही संलग्न छ भने सरकारले कारबाही गरोस् पार्टी सहयोग गर्न तयार छ भनिरहेको अवस्था छ भनेर हुरेक पत्रकार सम्मेलन र कार्यक्रममाहरुमा । हिजो पनि हाम्रा नेताहरुले आपैmले अख्तियार दूरुपयोग अनुसन्धानको निर्माण गरेर आपैm जेल गएको अवस्था पनि थियो । नेपाली कांग्रेस कुरालाई सच्याएर पद्धतिमा जानका लागि सहयोग गर्दछ । त्यसको लागि तयार छ ।
ललिता निवासको जग्गा प्रकरणदेखि वाइडवडी खरिद प्रकरसम्ममा कांग्रेसको संलग्नता छ भनेर तथ्यांकहरु बाहिर आइरहेका छन् नि ?
व्यक्तिगत सवालमा कस–कसका नामहरु परे हामी त्यतातिर जाँदैनौं । अख्तियार दुरुपयोग अनुसन्धानदेखि जति पनि छानविन प्रक्रियामा भएका संघसंस्थालाई अतियमितता गर्नेलाई कारबाही हुनुपर्छ भनेर हामी लागिरहेका छौं । तर, सरकार कानमा तेल हालेर बसेका कारणले हामी यी कुरा लिएर जनता समक्ष जान वाध्य भएका हौं ।
तपाईंले यसो भनिरहँदा कांग्रेसको एजेन्डामा त जनता आशावादी छैनन् नि ?
नेपाल कम्युनिस्ट पार्टीका संगठित सदस्य मात्रै नेपाली जनता हुन् भने मैले भन्नु केही छैन । नत्र वर्तमान सरकारबाट नेपाली जनता प्रताडित भएको एउटा कुरा । दोस्रो कुरा यदि कम्युनिस्ट पार्टीकै कार्यकर्ता जो प्रजातन्त्रमा विश्वास गर्छ उसले जब प्रजातन्त्रमाथि प्रश्न खडा हुन्छ त््रयति बेला कांग्रेसलाई सम्झन्छ । कांग्रेस भनेको उसका सक्रिय सदस्य मत्रै होइनन् । शोषित, पीडित र उत्पीडनमा परेका, थिचोमिचोमा परेका सबैको पार्टी हो ।
अनियमितता गर्नेलाई कारबाही गर्नुपर्छ भनिरहँदा तपाईंहरुले मेडिकल माफियालाई कारबाही गर्नुपर्छ भनेर कहाँ भन्नुभएको छ ?
जुन बेला कमरेड प्रचण्ड प्रधानमन्त्री हुनुहुन्थ्यो । हामीले त्यतिबेला १४ बुँदे माग पेश गर्दा नेपालको स्वास्थ्य र शिक्षालाई सरकारको दायित्वभित्र राखिँदैन तबसम्म गरीवको पहुँचमा पुग्न सक्दैन भन्ने कुरा व्यक्तिगत तर्पmबाट पनि र अध्यक्ष भएको संगठनले माग प्रस्तुत गरेको थियो ।
अनियमितता गर्ने मेडिकल कलेज सञ्चालकलाई कारबाही गर्नुपर्छ भन्नुभएको छ ?
नेपाली कांग्रेसका सांसदले कुरा उठाइरहनुभएको छ । अनियमित तरिकाले ठगी गरेर अकुत संपत्ति आर्जन गरिरहेको छ भने त्यसलाई कारबाहीको दायरामा ल्याउनुपर्छ भनेर । पार्टी, नेपाली कांग्रेस संसदीय दल र स्वयं हामी जस्ता युवाहरु त्यस्तालाई कारबाही गर्न सरकारलाई सहयोग गर्न पनि तयार छौं । तर, सरकार आपैm माफियातन्त्रको प्रकोपमा फसेका कारणले सुनेको नसुनेकै गरेर बसेको छ । भ्रष्टाचारीलाई विधेयक ल्याएर कारबाही गरिने भनिएको त्यसलाई स्वयं प्रधानमन्त्री आफ्नो दराजमा थन्क्याएर राखेको अवस्था छ । त्यसैले माफियातन्त्रको चंगुलमा सरकार फसेको छ । ऊ गैरजिम्मेवार ढंगले प्रस्तुत भइरहेका बेला हामीले जनताको पक्षमा कुरा उठाएका हौं ।
मेडिकल कलेज माफियाहरुको विरुद्ध नेविसंघ सडकमा आउँछ कि आउँदैन ?
यसको विरुद्धमा हामी हिजो पनि आएका थियौं । भोलि पनि आउने छौं । मेडिकल कलेजका नाममा ठगि गर्नेमाथि कारबाही हुनुपर्छ ।
विद्यार्थीहरु हामी मारमा प¥यौं भनेर आन्दोलन गरिरहेका छन् नि ?
हामी सरकार वा सम्बन्धित निकायले गर्ने जुन–जुन खालको कारबाही त्यसमा सघाउन तयार छौं ।
तपाईंहरु पनि मेडिकल माफियाहरुको चंगुलमा बस्नुभएको हो ?
हामीले स्वास्थ्य र शिक्षालाई सरकारको मातहतमा नराखिकन देश अगाडि बढ्न सक्दैन भनेर हाइलाइटमा लेखेको छु । त्यसकारण हामी जहिले पनि अनियमितता गर्नेलाई कारबाही हुनुपर्छ । त्यसको लागि हामीले के सहयोग गर्नुपर्छ तयार छौं ।
त्यसो भए माफियालाई कारबाही गर्न सरकारले सकेको छैन हो ?
यसमा सरकार आपैm फसेको छ । जब डा. केसीको आन्दोलन चलेको थियो । त्यस बेला नेपाली कांग्रेसले मेडिकल कलेज विधेयक ल्याउँदै थियो । अहिलेको सरकार त्यसको खिलाफमा गएर जुन प्रपन्चबाट सरकार अगाडि बढेको छ । मेडिकल कलेज सञ्चालन गर्ने सबैलाई पनि भनिएको होइन । कसैले आफ्नो सबै श्रीसम्पत्ति दाउमा राखेर पनि काम गर्नुभएको छ । जसले अनियमित ढंगले भ्रष्टाचार गर्ने नियत ले कलेज सञ्चालन गरेको त्यसको संरक्षक नै अहिलेको सरकार हो । यो कुरा पनि हामीले पर्दाफास गरेका छौं ।
कांग्रेसका नेताहरुको पनि मेडिकल कलेज माफियाहरुसँग साँठगाँठ त छ नि ?
कांग्रेसका नेताहरुको मेडिकल माफियाहरुसँग साँठगाँठ त छैन । तर, कुनै कांग्रेस सर्मथित व्यक्तिहरु मेडिकल कलेज सञ्चालनमा होलान् । त्यो सबै पार्टिभित्र छ । मैले एउटा पार्टी, कार्यकर्ता र नेताको कुरा गरेको होइन । समग्र नेपालको इतिहासलाई हेर्ने हो नेपाली कांग्रेस सधैंभरि शिक्षा र स्वास्थ्यको पहुँच गरीविको रेखामुनि परेका जनतामा हुनुपर्छ भन्ने पक्ष छ । यसलाई तपाईं हामी सबै मिलेर राज्यको मातहतमा नराखिकन जहिले पनि जनता पीडित भइरहेन छन् । जसरी विद्यार्थीहरुको हितविपरीत मेडिकल कजेलहरुले अकुत पैसा असुली गरेका छन् । पैसा फिर्ता होइन कि अनियमित तरिकाले बढी पैसा असुल गर्नेलाई कारबाही हुनुपर्छ । हिजो नेविसंघले नृतृत्व गरेको थियो । आज नेपाली कांग्रेसले नेतृत्व दिन्छ ।
ललिता निवास जग्गा प्रकरणमा शीर्ष नेताहरुको नाम जोडि दर्जानौं उजुरीहरु बाहिर तर सरकार मौन छ नि ?
सरकारको कोपभाजनमा परेर कुनै निकायले काम गर्न पाएको छैन भने पाउनुपर्छ । सरकारले देशका सबै पक्षको अधिकारहरु आफ्नो हातमा लिएर सर्वसत्ता लादिरहेको अवस्था छ । प्रधानमन्त्री केपी ओली अधिकारहरु हातमा लिएर मुलुक मा सर्वसत्तावाद लागु गर्न खोजिरहनुभएको छ । अहिले सरकार जसरी निरंकुश ढंगले हिडिरहेको त्यसलाई प्रजातान्त्रिक धारमा डोर्याउनका लागि हाम्रो आन्दोलन जारी छ । नेपाली कांग्रेसको जागरण अभियानको पनि अन्तिम दिन आइसकेको छ । हामी ७७ वटै जिल्लाका नेता कार्यकर्ता समक्ष हामी पुगिसको छौं ।
एकले अर्कोलाई आरोप प्रत्यारोप गरेको समस्या समाधान हुन्छ ?
हामीले कहाँ आरोपप्रत्यारोपण गरेको छौं । त्यो त वैचारिक लडाई हो । कम्युनिस्ट सरकारले एकाधिकार लाद्न थालेपछि हामी त्यसको विरोधका लागि लागेका छौं । तपाईले त्यसो भनीरहँदा नागढुंगा सुरुङमाग बन्न लागेको छ । देशका धेरै ठाउँमा भ्रम पैmयाउने काम गरेको छ । अन्य विकास निर्माणको काम अगाडि बढिरहेको छ ।
विकास निर्माणका धेरै काम अगाडि बढिरहेको छ नि ?
पीडित जनताले तीन सय प्रतिशतसम्म मूल्य बृद्धि भएको मार खेपिरहेका छन् । मजदुरदेखि मालिकसम्म, विद्यार्थीदेखि शिक्षकसम्म, धनीदेखि गरीवउसम्म कुनै एउटा मानिस पनि अहिलेको सरकारसँग सन्तुष्ट छैन । त्यस कारण जनताबाट उठेका प्रश्नलाई हामीले लिपीबद्ध गरेका हौं । जनतालाई परेको मारलाई त्यसबाट यो सरकारले यसो गर्दै छ है, भनेर सचेत तुलाएन खोजिएको हो । जनतालाई नै परेको मारको बारेमा जानकारी गराउनका लागि हामीले यो काम गरेका हौं ।

रिपोर्टर्स नेपाल डटकमबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल–चीनबीच भएका सम्झौता कार्यान्वयनका निम्ति पहल गरिरहेका छौँः राजदूत श्रेष्ठ(अन्तरवार्ता)

काठमाडौं । नेपाल र उत्तरी छिमेकी चीनबीच सदियौँ पुरानो, बहुआयामिक र मित्रवत् सम्बन्ध

माओवादी प्रवक्तालाई प्रश्नः ‘धोका खानेहरु’ एक ठाउँमा उभिए भने तपाईंहरु के गर्नुहुन्छ ?

काठमाडौँ । सत्ता समीकरण बदलिएसँगै मुलुकको राजनीति नयाँ अवस्थामा प्रवेश गरेको छ ।

पछिल्लो राजनीतिक समीकरण यो देशको लागि र राजनीतिक स्थिरताका लागि महत्वपूर्ण कदम : उपाध्यक्ष भुसाल

काठमाडौँ । पछिल्लो राजनीतिक समीकरण बनेसँगै राजनीतिक वृत्तमा विभिन्न प्रकारका प्रतिक्रिया सार्वजनिक हुँदै

चिकित्सा शिक्षा ऐनमा देखिएको समस्या हो वा अन्य कुनै कारण पनि हुन सक्छ ? 

काठमाडौँ । विसं १९४७ मा स्थापना भएको वीर अस्पताल नेपालको सबैभन्दा पुरानो अस्पताल