नयाँ योजना कोर्दै जीवन शर्मा



आजभोलि के गर्दै हुनुहुन्छ ?

गीत लेख्ने, रेकर्ड गर्ने, छायाङ्कन गर्ने, तिनै गीतहरु गाउँवस्ती, देश विदेश गाउँदै हिंडिहेको छुु ।
नयाँ गीत थुप्रै छन् । पछिल्लो समयमा चर्चामा आएको एउटा गीत छ, ‘चाहिदैंन मलाई शिशाको महल’ ।

त्यसमा के छ ? 

तीन वटा कुरा प्रमुुख रुपमा यसमा अटाइएको छ । एउटा, सादा जीवनशैलीको पक्षमा गीत उभिएको छ । अर्काे, भ्रष्टाचार र कालो धनको विरुद्धमा गीतले प्रहार गरेको छ । तेस्रो, सच्चाइको बाटोमा अदम्य साहसका साथ हिंड्न यसले प्रेरित गरेको छ । यो गीत युुट्युुबमा पनि सुुन्न सकिन्छ । गीतका शब्द छन्,

छैन मेरो शरीरमा अत्तरको सुुगन्ध
होला बरु जीउभरि पसिनाको गन्ध
होला मेरो खुुट्टा बरु पटपटी फुुटेको
तर मेरो जिन्दगी यसैमा उठेको
चाहिंदैन मलाई शिशाको महल
चाहिंदैन मलाई चमेलीको वास
यसै राम्रो छ यो मेरो जीवन
चाहिंदैंन मलाई सम्पत्तिको रास
कालो धन थुुपारेर मस्ती गर्नुुभन्दा
हलो जोत्नुु, गिट्टी कुुट्नुु होला राम्रो धन्दा
होला बरु झुुपडीमा भोकै सुुत्नुु राम्रो
बितोस बरु जिन्दगी पसिनामै हाम्रो
चाहिंदैन मलाई सुुनको दरवार
चाहिंदैन मलाई हीरा मोती हार
यसै राम्रो छ, मेरो पैदल यात्रा
चाहिंदैन मलाई टल्कने कार
जता हे¥यो त्यतै देख्छुु असत्यको खेती
सच्चाइलाई रोक्न खोज्छन बाटो छेकीछेकी
कहिलेसम्म यो संसारमा झूूटले शासन गर्ने
सच्चाइ र सौन्दर्यलाई अप्ठेरोमै पार्ने
चाहिंदैन मलाई झूूटको बङ्गला
चाहिंदैन मलाई असत्यको फाँट
यसै राम्रो छ सच्चाइको बाटो
अदम्य छ मेरो यसमै डट्ने आँट

अहिले कतै पार्टीमा आबद्ध त हुुनुहुन्न ?

छैन ।

किन त ?

लामो समयदेखि रक्तिम साँस्कृतिक अभियानको अध्यक्ष भएर काम गरें । अहिले त्यसबाट पनि हटेको छुु । अब गीत, सङ्गीतलाई नयाँ युुगको आवश्यकता अनुरुप जनताको पक्षमा प्रस्तुुत गर्दै जाने र साहित्यको क्षेत्रमा पनि केही काम गर्ने विचारमा छुु ।यसको लागि रातो लालटिन साहित्यिक पत्रिकालाई थप व्यवस्थित गर्न लागिरहेको छुु ।

लामो समय संगठनात्मक अभियानमा जोडिएको अगुुवा हुुनुुहुुन्छ । यसरी संगठनात्मक अभियानबाट स्वतन्त्र हुुँदा अप्ठ्यारो हुँदैन ? 

हेरौं । जनतासँग गीत, सङ्गीत र साहित्यको माध्यमबाट निरन्तर सम्पर्क र सम्बन्ध बढाइरहने मेरो प्रयास जारी रहनेछ ।

यसका लागि के के योजना बनाउनुु भएको छ ?

देशमा व्याप्त वेथिति, विकृति, भ्रष्टाचार र अन्याय, अत्याचारका विरुद्ध गीत रचना गर्ने र तिनीहरुलाई क्रमशः छायांकन गर्ने जनसमक्ष पुर्याउने योजना बनिरहेको छ । दशैं तिहारपछि छायाङ्कन गर्नका लागि विशेष टिमको तयारी भइरहेको छ । प्रगतिशील फाँटका कलाकारहरुसँग सरसल्लाह चलिरहेको छ । यसको लागि लगानी गर्ने संस्था र व्यक्तिहरुको खोजी पनि गर्दैछुु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालका विधायकले कानुन र विकास दुवै हेर्नु परेको छः सांसद रोकाय

काठमाडौँ। नेपाली कांग्रेसका तर्फबाट राष्ट्रियसभामा प्रमुख सचेतक कृष्णबहादुर रोकायले संविधान कार्यान्वयनका सन्दर्भमा उपयोग

‘कोशी एक्सिलेन्स अवार्ड’ साहित्यकार झमक घिमिरेलाई अर्पण

विराटनगर ।  वरिष्ठ साहित्यकार झमक घिमिरेलाई ‘कोशी एक्सिलेन्स अवार्ड २०८१’ अर्पण गरिएको छ

साहित्य र पर्यटनलाई जोड्दै नेपाल साहित्यिक महोत्सव

पोखरा। पछिल्लो समय पोखरा महोत्सवमय बनिरहेको छ । एकपछि अर्को ‘महोत्सव’ले चलायमान बनिरहेको

पत्रकार सुजीत झाले खुसी

जनकपुरधाम । पत्रकार सुजीतकुमार झाद्वारा लिखित ‘खुसी’ पुस्तकको एक समारोहकाबीच जनकपुरधाममा लोकार्पण गरिएको