दूराशयपूर्ण व्यवहारबाट कसैले आत्महत्या गरेमा त्यो नै ‘दुरुत्साहन’ होः अधिवक्ता शर्मा



द्वन्द्व शान्ति र विकासमा स्नातकोत्तर दिपक शर्मा द्वन्द्व शान्ति र विकास अध्येताका साथै कानून व्यवसायी पनि हुन् । समसामयिक विषयमा लामो समयदेखि पत्रिकामा लेख्दै आएका शर्मा द्वन्द्व, शान्ति अपराध र पर्यटन जस्ता विषयमा जानकार मानिन्छन् । देशमा चलिरहेको पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित पक्राउ परेका तीन जनाको घटनाको सेरोफेरोमा रहेर अधिवक्ता शर्मासँग  गरेको कुराकानीको सारसंक्षेपः

रवि लामिछाने पक्राउको अन्तर्य के हो ? बताइदिनोस् न !

यसलाई कानूनी रुपमा भन्नुपर्दा उनका पूर्वसहकर्मी रहेका शालीकराम पुडासैनीले आत्महत्या पूर्व खिचेको भनिएको जुन भिडियो सामाजिक संजालमार्फत बाहिरिइएको छ त्यसमा मृतकले आफनो आत्महत्याका कारणमा खासगरि ३ जना व्यक्तिको नाम उल्लेख गरेको पाइन्छ । हाम्रो कानुन प्रणालीमा प्रमाण कानूनअन्तर्गत Dying Declaration लाई पनि एउटा प्रमाणको स्रोतको रुपमा ग्रहण गरिएको साथै पछिल्लो समय लागू भएको फौजदारी अपराध संहिता २०७४ को धारा १८५ लाई आधार बनाएर त्यसै अनुसार जाहेरी परि संचारकर्मी रवि लामिछाने लगायत पक्राउ परेका हुन् ।

बर्तमान फौजदारी अपराध संहिताको धारा १८५ मा के उल्लेख छ ?

धारा १८५मा आत्महत्या दुरुत्साहन बारे उल्लेख गरिएको छ जसमा लेखिएको छ आत्महत्या गर्न दुरुत्साहन दिन नहुने (१) कसैले कसैलाई आत्महत्या वा त्यस्तो काम गर्नैसम्मको परिस्थिति खडा गर्न वा गराउन हुदैन् (२)  उपदफा (१) बमोजिमको कसुर गर्नै व्यक्तिलाई पाँच वर्षसम्म कैद वा पचास हजार रुपैंयासम्म जरिवाना हुनेछ भनेर उल्लेख गरिएको छ ।

यो कानुनको आवश्यकताबारे यस संहिता निर्माणको संसदीय संयोजक रहेका कृष्णभक्त पोखरेलले यो कानून निर्माणको अभिप्राय दाइजो र घरेलु हिंसाका कारण महिलाहरुले आत्महत्या गर्नुपर्ने सम्मको अवस्था हुने तर दोषी कारवाहीको दायरामा नआउने परिपाटिको अन्त्य होस् भनि राखिएको बताएका थिए । यो कानूनको ओपनिंग यस्तो केशबाट होला भन्ने कसलाई पो थाहा हुँदो हो ?

बुझ्ने भाषामा भन्नुपर्दा आत्महत्या दुरुत्साहन भनेको के हो त ?

कानुनले निषेध गरेका कुरा गर्नलाई उत्प्रेरित गर्ने कार्य आत्महत्या दुरुत्साहन हो । कसैको दुराशयपूर्ण व्यवहारले गर्दा कोही व्यक्ति आत्महत्या गर्ने अवस्थामा पुग्यो भने त्यो आत्महत्या दुरुत्साहन हो । कसैले कसैको गोपनियता भंग गर्ने कुनै प्रमाण बटुलेर धम्की दियो वा बार्गेनिंग गर्यो वा कुनै काम गरेर आत्महत्या गर्ने स्थितिमा पुर्याएमा त्यो आत्महत्या दुरुत्साहन हो । तर कानुन त भएको तथ्य बाहिर ल्याउँदा, पत्रिकामा कुनै समाचार प्रकाशन गर्दा वा कुनै जिम्मेवारी अन्तर्गत गरिएका काममा दुरुत्साहन लाग्दैन ।

यो त बडो जटिल कानुन रहेछ, यसको दुरुपयोगको खतरा कति रहन्छ ?

भर्खरै मात्र हामी कहाँ यो कानून निर्माण भएको अवस्था र अदालतमा पनि पहिलो पटक यो मुद्दा आएको हुँदा यसको मौलिक व्याख्या हामीसँग छैन । यस कानूनको अध्ययन गर्न गठित कार्यदलका तत्कालिन सहन्यायधिवक्ता कृष्णजीवी घिमिरेको संयोजकत्वमा गठित कार्यदलले के कस्ता कार्यहरु दुरुत्साहनमा पर्ने हुन् त्यसको स्पष्ट किटान कानूनमा हुनुपर्नेमा जोड दिएको थियो । यो कानूनमा दुरुत्साहन अन्तर्गत सौदाबाजी गर्ने, हल्लामा विश्वास गरि जाहेरी दिने, भीडबाट निर्देशित हुने र अवैज्ञानिक अनुसन्धानको फाइदा लिन खोज्ने जस्ता कुराले  दुरुत्साहनको  दुरुपयोग हुन सक्छ भनिएको छ । नेपाल जस्तो अस्थिर लोकतन्त्र र राज्यका प्रत्येक निकायमा रहेको चरम राजनीतिकरणले यस्ता कानूनको दुरुपयोग हुन सक्ने आशंका व्यापक रहेको हामीले अहिले देखिरहेका छौं ।

रवि लामिछानेका लागि सडकमा जनता ओर्लिएको अवस्थालाई कसरी हेर्नुहुन्छ?

यसलाई मैले राज्यका संयन्त्रप्रति बढ्दो जनअविश्वासको रुपमा लिएको छु, यसमा राजनीतिक दल, सरकार, प्रशासन सबै पर्दछन् । यो असन्तुष्टी कानुनप्रति भन्दापनि कानुन कार्यन्वयन गर्ने निकायमा धेरै छ भन्ने मेरो बुझाई हो । प्रत्येक दिन नेपालमा आत्महत्या गर्नेको संख्या बढदै छ, विदेश जाने युवाको लर्को जारी छ जनताको निराशा बढदै  गएको छ । हामीकहाँ आन्दोलनका समयमा ठूला ठूला आशा, वाचा, भरोसा र आश्वासन वितरण गरिने तर सत्तामा पुगेपछि वाचा विपरित अराजकता र दण्डहीनता, भ्रष्टाचार आदिमा लिप्त हुने समस्या छ । यसो हुँदा जनतामा आक्रोश पैदा हुन्छ र जनता सडकमा आउँछ । अहिले इतिहासकै सबैभन्दा शक्तिशाली सरकार छ भनिन्छ तर फेरि अहिले नै यस्ता घटनाहरु ज्यादा भैराखेको छ । निर्माला पन्त प्रकरण, पूर्वराजदूत हत्या प्रकरण लगायतका अपराधको किनारा लाग्न बाँकी नै छ । भ्रष्टाचारको अवस्था भयावह लाख, करोड हुँदै अर्बमा पुगेको छ । चिनिकाण्ड, हायात होटल, वाइड बडी, मेलम्ची सबैतिर उस्तै छ । जनतामा करको भार बढाइएको छ । यसमै जब सत्ताका प्रमुख एक कदम अगाडी बढेर जवाफदेहिता माग गर्नेतिर फर्केर आक्रोशित भएर भन्छन् प्रश्न गरिए लोकतन्त्र धरापमा पर्छ अनि आफना कार्यकर्तालाई अरिंगाल बन भन्छन् । यस्तो भएपछि जनता सडकमा नै हो आउने । रवि लामिछानेका विषयमा पनि कसैको व्यक्तिगत स्वार्थपूर्तिका लागि त उनलाई समाइएको हैन भन्ने आशंका र डरले  जनता आक्रोशित छन् । अहिलेको यो घटनालाई पाठका रुपमा लिएर राज्य र राज्यका संयन्त्रले आफनो स्वमूल्यांकन गर्र्ने बेला भैसकेको छ ।

अन्त्यमा केहि भन्न चाहानुहुन्छ कि ?

नेपालको पछिल्लो अवस्था अनि समसामयिक परिस्थिति र कानूनको शासनको आवश्यकता अनि शान्ति प्रक्रियाको सफल समाधानको रोडम्यापसहितको मार्गचित्र समेटेर मैले ‘संक्रमणकालीन न्यायःसवाल र संशय’ नामक पुस्तक बजारमा ल्याएको छु।यसमा देशको पछिल्लो अवस्थिति,कानुन कार्यन्वयनको अवस्था, द्वन्द्वकालमा भएका मानवअधिकार र मानबीय कानुनका उल्लंघन र तिनको सम्बोधन कसरी हुन सक्दछ भन्ने निकास र सुझाव रहेका छन् । यस पुस्तकबाट पनि पाठकले धेरै सन्दर्भ वुझ्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
समृद्धिको आकाङ्क्षा पूरा गर्न लगानी सम्मेलन ऐतिहासिक कोशेढुङ्गा सावित हुनेछः उद्योगमन्त्री भण्डारी(अन्तरवार्ता)

काठमाडौँ । ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ अर्को साता (वैशाख १६ र १७ गते)

‘विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई(अन्तरवार्ता)

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष अशोककुमार राईले राजनीतिक

कतारी अमिरको भ्रमणबाट दुई देशबीचको सहकार्य नयाँ चरणमा प्रवेश गरेको छः उर्जामन्त्री बस्नेत(अन्तरवार्ता)

काठमाडौँ । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको दुईदिने राजकीय