जापानमा महिनौँसम्म धारो बन्द नगर्दा २७ हजार डलर जरिवाना



जापानको कानागावा प्रान्तको योकोसुकाका एकजना शिक्षकले कोरोनाभाइरस सङ्क्रमण रोक्न महिनौँसम्म धारो खुला छाडिदिँदा उनले काम गर्ने विद्यालयले २७ हजार अमेरिकी डलरभन्दा बढी पानीको महशुल तिर्नुपर्ने भएको छ ।

व्यक्तिगत गोपनीयता कायम गर्न पहिचान नखुलाइएका ती शिक्षकले पोखरीमा ताजा पानीको निरन्तर प्रवाह भएमा त्यसलाई कोभिडमुक्त तुल्याउने ठानेर गत जुनको अन्त्यदेखि सेप्टेम्बरको प्रारम्भसम्म धारो बन्द नगर्दा विद्यालयले भारी रकम चुकाउनुपर्ने भएको हो ।

सामान्यतया क्लोरिन र ‘फिल्टरिङ मेसिन’ले पोखरीको पानीको गुणस्तर कायम राख्छ तर ती शिक्षकमा पोखरीमा ताजा पानी प्रवाह भएमा कोभिडबाट बच्न मद्दत पुग्ने गलत धारणा आएको स्थानीय शिक्षा बोर्डका अधिकारी अकिरा कोजिरीले बताए । विद्यालयका अन्य कर्मचारीले कहिलेकाँही खुला रहेको धारो देखेर त्यसलाई बन्द गरे पनि ती शिक्षकले तत्काल धारो खोल्ने गरेका थिए ।

उनको यो गलत धारणाले ११ पटक पोखरी भर्न पुग्ने पानीको क्षतिमात्र भएन २७ हजार अमेरिकी डलर महशुल तिर्नुपर्ने भयो । अब ती शिक्षक र उनको कामको सुपरीवेक्षण गर्ने दुई कर्मचारीबाट बिलको आधा रकम तिराउनुपर्ने माग योकोसुकाका अधिकारीहरूले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भागदौड मच्चिँदा दक्षिण अफ्रिकाको रात्रि क्लबमा कम्तीमा १७ जनाको मृत्यु

दक्षिण अफ्रिकाको इस्ट लन्डन सहरको एउटा रात्रिकालीन क्लबमा कम्तीमा १७ जनाको शव फेला

इराकी प्रधानमन्त्री इरान र साउदी अरेबिया जाने

इराकका प्रधानमन्त्री मुुस्ताफा अल कादिमी इरान र साउदी अरेबियाको भ्रमणमा जाने भएका छन्

रुसले बेलारुसलाई पारमाणविक अस्त्र बोक्ने क्षेप्यास्त्र दिने

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले बेलारुसलाई छोटो दूरीका पारमाणविक अस्त्र प्रणाली प्रदान गर्ने

बाइडेनद्वारा बन्दुक नियन्त्रण विधेयकमा हस्ताक्षर

राष्ट्रपति जो बाइडेनले शनिबार बन्दुक नियन्त्रण कानुनमा हस्ताक्षर गरेका छन् । दशकौंको बहसपछि