मान्छेको बूढीऔँलाजत्रो चमेरोलाई न्यूजील्यान्डमा ‘वर्ष चरो’को उपाधि



न्यूजील्यान्डमा विवादका बीच एउटा चमेरोलाई ‘वर्ष चरो’ घोषित गरिएको छ । लामो पुच्छर भएको चमेरो अनलाइन मतदानमा सबभन्दा धेरै मत पाएर उक्त उपाधि पाउन सफल भएको हो ।

प्रतिस्पर्धा आयोजकहरूले न्यूजील्यान्डको स्थलमा पाइने अतिसङ्कटापन्न उक्त स्तनधारी जीवलाई चर्चामा ल्याउन मतदान गरिने जीवको सूचीमा राखेका थिए । तर यो उपाधिले कैयौँमा असन्तुष्टि देखिएको छ ।

एक टिप्पणीकर्ताले मुलुक ’ब्याटी’ अर्थात् ‘चमेरे’ बनेको भनेका छन् । कतिपयले त्यसलाई ’तमासा’ भन्दै नकारात्मक टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा कैयौँले दुई वर्षसम्म प्रयत्न गरेर चमेरोले पाएको आवश्यक चर्चा र विजय भनेका छन् ।

तर प्रतिस्पर्धा आयोजक पर्यावरणवादी समूह ’फरेस्ट एन्ड बर्ड’ले कोरोनाभाइरस महामारी सन्दर्भमा चमेराको छवि सुधार्न गरिएको प्रयत्न नभएको बताएको छ ।

‘द बर्ड अफ द यीअर’ प्रतिस्पर्धा न्यूजील्यान्डको जैविक विविधता र खतरामा परेका प्रजातिबारे चेतना जगाउन आयोजना गर्ने गरिन्छ । वैज्ञानिक जगत्मा विद्यमान नियमविरुद्ध जाँदै फरेस्ट एन्ड बर्डले जमिनमा हुने स्तनधारीले पनि चराले जस्तै चुनौती भोगिरहेको भन्दै तीनलाई प्रतिस्पर्धामा राख्ने निर्णय गरेको थियो । लामो पुच्छर भएको चमेरोलाई पेकापेका–टो–रोवा भनेर पनि चिनिन्छ ।

यसको आकार हाम्रो बूढीऔँलाजत्रो हुन्छ । नउड्ने सुगालाई पछाडि पार्दै चमेरोले उपाधि हात पारेको हो । छपन्न हजार ७ सय जनाभन्दा बढीले प्रतिस्पर्धामा आफ्नो मत प्रकट गरेका थिए । चमेरोले ७ हजार भन्दा बढी र गत वर्षको उपाधि हात पारेको ककपोले चार हजार मत प्राप्त गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीन भ्रमण गर्ने योजनामा पुटिन

  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन भ्रमण गर्ने योजना बनाउनुभएको

लाओसमा दादुरा र रुबेलाबाट बालबालिकालाई जोगाउन खोप अभियान सुरु

लाओसको स्वास्थ्य मन्त्रालयले बालबालिकाको स्वास्थ्य रक्षाका लागि राष्ट्रव्यापी दादुरा र रुबेला खोप अभियान

चीन र अमेरिका प्रतिद्वन्द्वी नभई साझेदार हुनुपर्छः राष्ट्रपति सी

  चीनका राष्ट्रपति सी जिनपिङले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनसँग विश्वका दुई सबैभन्दा ठूला

चिनियाँ वैज्ञानिकद्वारा सेलफोन चार्ज गर्न सक्ने पहिरनयोग्य ब्याट्री निर्माण

चिनियाँ वैज्ञानिकहरूको टोलीले ऊर्जा भण्डारण गर्न सक्ने तथा स्मार्टफोन र घडी जस्ता व्यक्तिगत