भियतनाममा प्रयोग भइसकेका तीन लाखवटा कन्डम बरामद



भियतनाम प्रहरीले गैरकानुनी रूपमा ठूलो परिमाणमा विक्रीका लागि राखिएको एकचोटि प्रयोग भइसकेको कन्डम बरामद गरेको छ । झन्डै तीन लाख २० हजारवटा त्यस्ता कन्डम सर्वसाधारण ग्राहकलाई बेच्न राखिएको थियो ।

भिडियो फुटेजमा कन्डमका दर्जनौँ झोला देखिन्छ । प्रहरीले दक्षिणी भेगमा अवस्थित बन द्युङ्ग प्रान्तस्थित एउटा गोदाममा छापा मार्दा कण्डम फेला परेको हो । उक्त गोदामको मालिक भनिएकी एक महिलालाई पक्राउ गरिएको छ ।

ती कन्डमलाई पहिले पखालिएको अनि लिङ्गको आकारको काठ प्रयोग गरी नयाँ जस्तै बनाइएको बताइन्छ । त्यस्ता कन्डमलाई पुनः प्याक गरी बेच्ने गरिएको बताइएको छ ।

भियतनामको सरकारी सञ्चारमाध्यम भीटीभीका अनुसार पक्राउ परेकी महिलाले त्यस्तो कन्डम प्रतिकिलो ०.१७ अमेरिकी डलर आफूले प्राप्त गर्ने बताएकी छन् । अहिलेसम्म त्यस्ता कति कन्डम बजारमा बेचियो भन्ने स्पष्ट हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उत्तर कोरियाली नेता किमद्वारा मल्टिपल रकेट लन्चर परीक्षणको  निरीक्षण

  उत्तर कोरियाका नेता किम जोङ उनले मल्टिपल रकेट लन्चरको परीक्षणको निरीक्षण गरेका

प्रचण्ड गर्मीका बीच भारतमा दोस्रो चरणको मतदान सुरु

भारतमा ६ साता लामो चुनावी अभियान शुक्रबार पुनः सुरु भएको छ । प्रचण्ड

पाकिस्तानको विदेशी मुद्रा सञ्चितिमा गिरावट

पाकिस्तानको स्टेट बैङ्क अफ पाकिस्तान (एसबीपी) ले आफ्नो विदेशी विनिमय सञ्चितिमा सात करोड

इन्डिगोले एयरबससँग ३० वटा जेट विमान खरिद गर्ने

भारतीय वायुसेवा कम्पनी इन्डिगोसँग ३० वटा ए–३५० लामो दूरीका जेट विमान खरिद गर्न