हराएको फोनमा ‘बाँदरको सेल्फी’ भेटिएपछि…..



मलेशियामा एक युवकले आफ्नो हराएको फोन फेरि भेटिँदा त्यसमा बाँदरले खिचेका सेल्फी र भिडिओ फेला परेको बताएका छन् । जाक्रिद्ज रोद्जी नामक २० वर्षीय ती विद्यार्थीले बाँदरले फोन खान खोजे जस्तो देखिने भिडिओसहित सामग्रीहरू ट्विटरमा हालेपछि ती अहिले सामाजिक सञ्जालमा व्यापक भएका छन् ।

उनका अनुसार उनले शनिवार बिहान उठेपछि फोन हराएको थाहा पाएका थिए । घटना दक्षिणी राज्य जोहोरको बाटु पाहाटमा भएको हो । बीबीसीलाई उपलब्ध गराइएको एउटा भिडिओमा त्यही दिन दिउँसो २ः०१ बजे एउटा बाँदरले फोन खान खोजे जस्तो देखिन्छ । त्यसमा उक्त बाँदरले फोनको क्यामरामा ट्वाल्ल परेर हेरेको र हरिया पातको पृष्ठभूमिमा काग कराएको सुनिन्छ । फोनमा उक्त बाँदरका र रूख तथा पातका धेरै तस्बिरहरू छन् ।

रोद्जीले आइतवार दिउँसोसम्म फोन नभेटिएको तर आफ्ना पिताले घरबाहिर एउटा बाँदर देखेपछि आफ्नो नम्बरमा फोन गर्दा घरपछाडि जङ्गलमा घण्टी बजेको सुनिएको बताए । खोज्दै जाँदै हिलो लागेको फोन पामको रूखमुनि पातहरूले छोपिएको अवस्थामा भेटिएको थियो । एक आफन्तले फोनमा चोरको तस्बिर होला भनेर ठट्टा गरेको सम्झिँदै फोन खोलेर हेर्दा बाँदरका तस्बिरहरू भेटिएको उनी सुनाउँछन् ।

बाँदरले सेल्फी खिचेको विषय समाचारमा आएको यो पहिलो पटक भने हैन। सन् २०१७ मा एक ब्रिटिश फोटोग्राफरले बाँदरले खिचेको विषयमा मुद्दा खेप्नुपरेको थियो । सन् २०११ मा इन्डोनेशियाको जङ्गलमा डेभिड स्लेटरको क्यामरामा एउटा बाँदरले आफ्नो फोटो खिचेको थियो । उक्त तस्बिरको सर्वाधिकार आफ्नो हुनुपर्ने उनको दाबी थियो ।

तर पशुअधिकारवादी समूह पेटाले त्यो तस्बिरमा उक्त बाँदरको अधिकार हुने तर्क गरेको थियो । अमेरिकाको एउटा अदातलले बाँदरका लागि कपीराईट संरक्षण कानुन लागु नहुने निष्कर्ष निकाल्दै पेटाले हालेको मुद्दा खारेज गरिदिएको थियो । पछि स्लेटरले उक्त तस्बिरबाट सङ्कलन हुने रकमको २५ प्रतिशत रकम उक्त बाँदर र इन्डोनेशियामा उक्त प्रजातिका बाँदरको संरक्षणलाई दिने सहमति व्यक्त गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकी जहाज निर्माण अनुसन्धान झुटो आरोपले भरिएको चीनको आरोप

  बेइजिङले जहाज निर्माण, सामुद्रिक तथा रसद क्षेत्रमा चीनको व्यापार अभ्यासमाथि अमेरिकी अनुसन्धानको

फ्रान्सद्वारा ओलम्पिकअघि पेरिस स्क्वाटबाट सयौँ आप्रवासी निष्कासित

  फ्रान्सेली अधिकारीहरूले ओलम्पिक सुरु हुनुअघि मात्र एक सय दिनअघि बुधबार पेरिसको दक्षिणी

पश्चिम जापानमा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

दक्षिणपश्चिमी जापानमा बुधबार राति ६ दशमलव तीन म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण

म्यान्माकी नेत्री सुकीलाई कारागारबाट सारेर घरमा नजरबन्द

  जुन्ता सरकारले कैदीहरूलाई लुको लहरबाट बचाउने कदम चालेको घोषणा गरेसँगै कारागारमा रहेकी