अस्ट्रेलियामा विशाल ह्वेल समुद्रबाट बाटो बिराएर नदीमा छिरेपछि…..



एउटा ठूलो ह्वेल समुद्रबाट बाटो बिराउँदै धेरै गोही भएको नदीमा पसेर ३० किलोमिटर टाढा पुगेको अस्ट्रेलियाका अधिकारीहरूले बताएका छन् । त्यो ह्वेल समूहमा बर्षेनी हुने बसाइँसराइमा यात्रा गर्दै गरेको र कुनै स्थानमा गलत दिशामा मोडिएको हुनसक्ने बताइएको छ ।

बाटो बिर्सेकामध्ये दुईवटा ह्वेल समुद्रमा फर्किएका र कम्तीमा एउटा अझै नदीमै रहेको बताइएको छ । अस्ट्रेलियामा ह्वेल बाटो बिर्सेर नदीबाट यति भित्र पुगेको यो पहिलो घटना हो ।

तर ५३ फिट लामो भएकाले उक्त ह्वेललाई गोहीले हानि पुर्याउने सम्भावना कम छ । ह्वेल फर्किन नसकेमा भने अप्ठ्यारो पर्न सक्ने अधिकारीहरूले बताएका छन् । अस्ट्रेलियाको सबैभन्दा ठूलो निकुञ्ज काकाडु नेशनल पार्कको इस्ट एलिगेटर रिभर नामक नदीमा डुङ्गाविहार गरिरहेका केही यात्रीले ह्वेल देखेका थिए । स्थानीय बासिन्दाले नदीको घुमाउरो बाटोमा ह्वेल पौडिरहेको देखेर रमाइलो मानेका थिए ।

नदीको पानी धमिलो भएकाले नदीमा एकभन्दा बढी ह्वेल छ कि छैन भनेर पत्ता लगाउन सहज नभएको उनले बताइन् । पाल्मरले विज्ञहरू कसरी गलत दिशामा मोडिएर नदीमा ह्लेल पस्यो भन्ने विषयमा जानकार नभएको बताइन् ।

ती ह्वेलहरू एन्टार्टिकाको दक्षिणतिर गइरहेको र नदीको क्षेत्रमा पसेर बाहिर निस्कने प्रयासमा झन् भित्र आइपुगेको हुनसक्ने उनले बताइन् । एन्टार्टिकाबाट चिसो छलेर बच्चा जन्माउन ह्वेलहरू अस्ट्रेलियातिर आउने र फर्किने गर्छन् । नदीमा थुप्रै गोहीहरू भए पनि ह्वेलसँग तिनीहरूको द्वन्द्व नहुने अनुमान विज्ञहरूले गरेका छन् । तर पाल्मरका अनुसार यदि ह्वेल नदीमा अड्कियो र किनारमा पुग्यो भने गोहीका लागि सजिलो सिकार बन्न सक्छ ।

अहिलेका लागि ह्वेल फर्किने बाटो खुला राख्न त्यहाँबाट समुद्रसम्म डुङ्गालाई प्रतिबन्ध लगाइएको छ । ह्वेल आफैँ बाटो पहिल्याएर फर्किने आशा गरिएको छ । तर अहिलेसम्म समुद्रबाट २० किलोमिटर टाढा नदी गहिरो भएको स्थानमा यो बसिरहेको छ । पाल्मरले ठूलो आवाज निकालेर यसलाई धपाउने वा ह्वेलको आवाज निकालेर समुद्रतिर लग्ने प्रयासका बारेमा विचार गरिरहेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युक्रेनको चेर्निहिभमा रुसी हमलामा १७ को मृत्यु

किभ (युक्रेन) । युक्रेनको व्यस्त डाउनटाउन जिल्ला चेर्निहिभमा बुधबार तीनवटा रूसी मिसाइल प्रहार

चीनको केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप

  भ्रष्टाचारविरुद्धको एक दशक लामो कारवाहीको पछिल्लो घटनामा चीनको केन्द्रीय बैंकका एक पूर्वडेपुटी

राष्ट्रसङ्घद्वारा प्यालेस्टाइनी क्षेत्रका लागि २.८ अर्ब डलरको फ्ल्यास अपील सार्वजनिक

मानवीय मामिला समन्वयका लागि संयुक्त राष्टसङ्घीय कार्यालय (युएनओसिचएचए) ले प्यालेस्टिनी क्षेत्रका लागि २.८२२

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि

पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी दर गत मार्च महिनामा बढेर ३.८